arrow

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
teacher.jpeg

काठमाडौँ ।  शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ ।

सोमवार  सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देवीप्रसाद गुरुङलाई भेटेर ती विद्यार्थी संगठनले सो मागसहितका पत्र बुझाएका हुन् ।

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघले शिक्षा ऐनको दशाँ संशोधनबाट शिक्षक परिपूर्ति गर्दा शतप्रतिशत खुला प्रतियोगिताबाट गर्न माग गर्दै प्रमुख सचेतक गुरुङलाई पत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले नवौँ संशोधनका कमी हटाएर अघि बढ्न आफूहरु तयार रहेको बताए ।

ऐनको नवौँ संशोधनले शिक्षक अनुमति लिएका सात लाख विद्यार्थीको प्रतिस्पर्धा गर्ने अधिकार कुण्ठित गरेकाले त्यसलाई संशोधन गरी शतप्रतिशत खुला विज्ञापनबाट शिक्षक नियुक्त गर्नुपर्ने माग सो पत्रमा उल्लेख छ ।

क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले तीन विद्यार्थी संगठनले सबै दलका प्रमुख सचेतक र संघीय संसद्का सम्पूर्ण सदस्यलाई ऐनको दशौँ संशोधनबाट आफूहरुको माग सम्बोधन गर्नका लागि बुझाउने बताए ।  विद्यार्थी संगठनले आइतबारदेखि सबै संसद्लाई पत्र पठाइरहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ