arrow

नम्रताको गाजलु आँखामा रमाए एसराज(भिडियो)

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Sraj_Namrata-Sapkota_1.jpg.jpeg
काठमाडौं । फिल्म अभिनेता एसराज गरच तथा नायिका नम्रता सापकोटालाई लिएर गायक सुजन तामाङ (बमजन) ले आफ्नो नयाँ गीत ‘तिम्रो गाजलु आँखा’ को म्युजिक भिडियो तयार पारेका छन् । यो भिडियो यसै साता विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवमार्फत प्रिमियर गरिएको छ ।

टिका बमजनको शब्द तथा संगीतको यो गीतमा एसराज तथा नम्रताले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । फणिन्द्र राईको संगीत संयोजनको यो गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोका छायांकार शिवराम श्रेष्ठ हुन् भने निशान घिमिरे यो गीतका सम्पादक हुन् ।

काभ्रेमा जन्मिएका गायक सुजन तामाङ सानै उमेरदेखि संगीतमा राख्थे । साधना कला केन्द्रमा संगीतकार प्रकाश गुरुङबाट संगीतको औपचारिक प्रशिक्षण लिएका गायक सुजन तामाङ यतिबेला पहिलो एकल एल्बमको तयारीमा छन् । दुई महिना भित्र आफ्नो डेब्यू एल्बम श्रोतामाझ ल्याउने सुजनको तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ