बाजुरामा स्वास्थ्य सुरक्षित गर्न स्वास्थ्य बिमा शुभारम्भ
रमित बिक
प्रकाशित २०७४ चैत २७ मंगलबार
803
Shares
बाजुरा । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नारासहित बाजुरा जिल्लामा पनि स्वास्थ्य बिमाको सदस्य दर्ता कार्यक्रम शुभारम्भ भएको छ । आईतवार कार्यक्रमको औपचारिक रुपमा प्रतिनिधि सभाका सदस्य सांसद लालबहादुर थापा र जिल्ला समन्वय समिति बाजुराका संयोजक नरेन्द्र कुमार रोकायाले आफ्नो नाम दर्ता गरी स्वास्थ्य बिमा सदस्य बनेका छन् ।
सबै नेपाली नागरिकहरुलाई सर्वशुलभ रुपमा गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यका साथ स्वास्थ्य सेवा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए ।
राष्ट्रिय स्वास्थ्य निति २०७१ र राष्ट्रिय बिमा निति २०७१ ले स्वास्थ्य बिमालाई कार्यान्वनमा ल्याउने निति अङ्गगीकार गरे अनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश,२०७१ बमोजिम तयार गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन निमावली २०७२ को प्रावधान अनुसार ०७२÷७३ मा ईलाम,बाग्लुङ्ग र कैलाली जिल्लाहरुमा कार्यक्रम सञ्चालन भई ०७४ सम्ममा थप १५ वटा जिल्लामा विस्तार गर्ने कार्यक्रम रहेको उनले बताए । ०७४–७५ सम्म कुल ३९ जिल्लामा सामाजिक सुरक्षा कार्यक्रम पुर्याउने योजना रहेको छ ।
मानव विकास सुचाङ्गकमा स्वास्थ्यको महत्वपूर्ण भुमिका रहने भएकाले जनातको स्वास्थ्य अवस्थालाई विकासको सुचक मानिने तथा स्वस्थ्य नागरिकले आर्थिक विकासमा टेवा पुर्याउने हुनाले यस कार्यक्रमले नेपाल सरकारको सन् २०२२ सम्म अति कम विकसित राष्ट्रको सुचीबाट मध्यम आय भएका विकाशिल मुलुकको सुचीमा सुचीकृत हुन सहयोग पुग्ने आशा लिएको उनको भनाई रहेको छ ।
प्रदेश नं ७ को कैलाली जिल्लामा २०७३ चैत २५ गतेबाट लागु भई वाग्लुङ्ग तथा ईलाममा मिति २०७३ असार १५ गतेबाट दर्ता कार्य प्रारम्भ भएर ०७४ को अन्त्य सम्ममा ३१ जिल्लामा कार्यक्रम विस्तार भईसकेको छ ।
बाजुरा जिल्ला ३२ औँ जिल्लाको रुपमा रहेको छ । हालसम्म सबै जिल्लाको रु ३३ करोड योगदान रकम संकलन भएको बताईएको छ । स्वास्थ्य बिमा कार्यक्रमका ६ लाख ८ हजार ५ सय ४० जना सदस्य मध्येका १ लाख ३२ हजार जना सेवाग्राहीहरुले साना तथा ठुला प्रकृतिका स्वास्थ्य उपचार सेवा लिईसकेका छन् ।
त्यस वापतको स्वास्थ्य संस्थाहरुले रु।२३ करोड भुतmानी पाएका प्रदेश नं ७ को स्वास्थ्य बिमा संयोजक जनक साउँदले बताए । यता प्रदेश नं ७ को ३ जिल्लामा जम्मा बिमित संख्या ३१ हजार २ सय ५८ जना भएका छन् ।
जसमा पुरुष १५ हजार १ सय ३९ जना र महिला १६ हजार १ सय १९ जना रहेको उनले बताए । बाजुरा स्वास्थ्य बिमाका दृष्टिकोणले ३२ जिल्लाको रुपमा रहेको छ । बाजुरा यहि २०७४ माघ १६ गतेबाट कार्यक्रम सुरुवात भएको हो ।
जिल्लाका सबै स्थानिय तहका स्वास्थ्य संस्थाका कर्मचारी,स्थानीय तहका पदाअधिकारीलाई स्वास्थ्य बिमा सम्बन्धि जानकारी गरिएको छ । ९ वटै स्थानिय तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको बताईएको छ ।
६९ वटा वडामा दर्ता सहयोगी छनौट भई दर्ता सहयोगीहरुलाई तालिम समेत प्रदान गरिएको छ । यस जिल्ला सेवा २०७५ जेठ १ गतेबाट सेवा सञ्चालन हुने भएको छ ।
जिल्लामा सेवा प्रदायक संस्थाहरु जिल्ला अस्पताल बाजुरा,प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र छिमेकी जिल्ला अछामको बयालपाटा गरी जम्मा ३ वटा संस्थाहरुबाट सेवा लिन सकिने स्वास्थ्य बिमा जिल्ला संयोजक अशोक कुमार सिंहले बताए ।
सिंहले भने, ‘बाजुरा जिल्लाको जनसङ्गख्या राष्ट्रिय जनगणना २०६८ अनुसार १ लाख ३४ हजार ९ सय १२ जना रहेका र जम्मा घरधुरी सङ्गख्या २४ हजार ९ सय ८ रहेका छन् ।’
बाजुरा जिल्लामा रहेको जनसङ्गख्यालाई बढी भन्दा बढी बिमित सदस्य बनाई कार्यक्रम उपलब्धी बनाउने लक्ष्य लिईएका उनको भनाई रहेको छ ।
प्रति घरमा ५ जना परिवारको लागि २५ सय तिर्नुपर्ने छ भने १ जना सदस्य थपियने भने २९ सय ५० तिर्नुपर्ने भएको छ । बिमा सदस्य भए वापत ५ जना परिवारले ५० हजार सम्मको सुविधा पाउने छन् भने ६ जना परिवारले ६० हजार बराबरको स्वास्थ्य सेवा पाउने भएका छन् । स्वास्थ्य बिमाको सदस्यहरुले दिर्घरोगका उपचार सेवा,आँखा उपचार सेवा (मोतिबिन्दु, जलबिन्दु लगायत शल्यक्रिया सेवा), शल्यक्रिया सेवा, हाडजोर्नि उपचार सेवा, शारिरीक तथा मानसिक पुःन स्थापना सेवा,औषधि तथा सहायता उपकरण सेवा जिल्लाका सेवा प्रदायक संस्था र अन्य जिल्ल्लाका अस्पतालमा रिफर भई सेवा लिन सकिने राष्ट्रिय बिमा बोर्ड टेकु काठमाण्डौँका भरत बोहराले बताए ।