arrow

बिश्वकै महान नाट्य बालनका कलाकारलाई पहिलो पटक तालिम

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत २९ बिहिबार
natak2.jpg

पाल्पा । पुर्नजागरण पाएको पाल्पाको बालनका कलाकारले पहिलो पटक तालिम पाएका छन् । विश्वकै महान नाट्यकला रहेको धर्मोदय दशावतार बालनमा बिभिन्न भुमिकामा खेल्ने कलाकारहरुले तालिम पाएका हुन् ।

मानव जगतको विकास सँगसँगै विकास भएको पाइएको धर्मोदय दशावतार बालनलाई मौलिकतासँगै जोडेर परिस्कृत र आकर्षक गराउन नेपाल संगित नथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौंले ५ दिनको तालिम दिएको हो । धर्मोदय दशावतार बालन सांस्कृतिक समुहको आयोजनामा समुहको नाट्य स्थल रामपुर ७ साउनेधारामा भएको तालिममा ५० बढी कलाकारको सहभागिता रहेको थियो । भगवान्का बिभिन्न १० अबतार समेटिएको बालनमा झण्डै ८० कलाकारको आबश्यकता पर्दछ । क्रमसँगै प्रदर्शन गरिने नाटकमा कलाकारले तुरुन्त भेष बदलेर अर्को पात्रका रुपमा खेल्ने हुँदा उनीहरुको भुमिकामा प्रखर बनाउन तालिमको आयोजना गरेको धर्मोदय दशावतार बालन समुहका अध्यक्ष लक्ष्मीचन्द्र पंगेनीले बताए ।

 उनीहरुलाई अभिनय कला र श्रृङ्गारका बारेमा प्रशिक्षण दिइएको हो । लोपोन्मुख अबस्थामा रहेको यस क्षेत्रको मौलिक नाटक बालन पछिल्लो ६बर्ष यता पुर्न लोकप्रिय बन्दै आएको छ । बालन नाच युवा पुस्तामा हस्तान्तरण र आकर्षक गर्न तालिम महत्वपुुर्ण रहेको समुहका सचिब दुर्गा प्रसाद भट्टराईले बताए । कलाकारहरुलाई पोखराका नाट्य प्रशिक्षक  शिव पराजुली र सुर्य बहादुर गुरुङले श्रङ्गार र अभिनयको बारेमा प्रशिक्षण दिएका हुन् ।

  तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका प्रध्यापक एवं लोक संस्कृतिका अध्यता डाक्टर कुशुमाकर न्यौपानेले रामपुरमा रहेको दश अवतार बालन एसियाको मात्रै नभई विश्वको महान नाटक भएको बताए । अहिलेसम्म बिश्वमा ४ र ६ अबतार समेटिएको नाटक पाइएपनि भगवान्का १० अबतार समेटिएको बालन नाटक पाल्पाको रामपुरमा मात्र जिवित रहेको उहाले बताए । रामपुरमा गएपछि बालनमा रमाउन पाइन्छ भन्ने हेतुले धार्मिक तथा पर्यटन प्रवर्दन र आर्थिक समृद्धिमा बालन समुह लाग्नुपर्ने उनको भनाई थियो ।

लोपन्मुख बालनको पुर्नजागरण गर्न मुख्य भुमिका खेलेका प्राध्यापक न्यौपानेले दशावतार बालनका बारेमा अनुशन्धान गरी विद्याबारिधी गरेका थिए । रामपुरको बालन नाचको अनुसन्धान गर्दै प्रचारप्रसार र सहयोगमा लागेका डा.न्यौपानेले दशअबतार बालन सम्बन्धी पुस्तक प्रकाशन गरिसकेका छन् ।  सो पुस्तक त्रिभुवन बिश्वबिद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । स्नाकोत्तर तहको नेपाली बिषयमा पढाई हुुने गर्छ । सो पुस्तकले अमेरिकाको संस्कृति पुरस्कार पाउन सफल भएको थियो ।

बालनले कुुरिति कुसस्कृतिको अन्त्य मानव विकास तथा सत्कर्ममा लाग्न सन्देश दिने गदर्छ । मत्स्य अबतार, कुर्म अबतार, बराह अबतार, नसिंह अबतार, बामन अबतार, पर्शुराम अबतार, राम अबतार, कृष्ण अबतार, बुद्ध अबतार र कल्की अबतार गरि बालनमा १० अबतार समेटेर नाटक प्रस्तुत तथा प्रदर्शन गरिदै आएको छ ।

धर्मोदय दशावतार बालन सांस्कृतिक समुहका अध्यक्ष लक्ष्मीचन्द्र पंगेनीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम समुहका सल्लाहाकार दयाराम भट्टराईको स्वागत र सल्लाहाकर बासुदेव ढकालको सञ्चालनमा भएको हो । गत चैत्र २३ गते देखि सुरु भएको प्रशिक्षणको मंगलबार राती बालन प्रदर्शन परिएको छ । तालिम लिएर बालन खेलेका कलाकारले पहिले र अहिलेमा फरक पन आएको बताएका थिए ।

स्रोत साधनको कमीका बिच बालन बचाउन लागेका कलाकारले तालिम र क्रृङ्गारमा नाट्य प्रज्ञा प्रतिष्ठानले सहयोग गरेपछि उस्तै पोषाक र भेषभुषले आधुनिक तवरले बालन प्रस्तुुत गर्न पाएको बताएका छन् । बालन खेल्दै आएका शिब पाण्डेले तालिमले निखार ल्याएको बताउनुुभयो । पाल्पा रामपुरको धर्मोदय दशावतार बालन लाके बाङ्मय प्रतिष्ठानको आयोजनामा दोलखाको चरिकोटमा भएको सांस्कृतिक सम्मेलन, पोखरा सभागृहमा भएको अलिमियाँ बाङ्मय प्रतिष्ठानको कार्यक्रममा साथै पाल्पा महोत्सबमा प्रदर्शन गरि उत्कृष्ठ भई पुरस्कार समेत जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ