arrow

चितवन काँग्रेसको नेतृत्वको लागि को को छन आकाँक्षी?

महाधिवेशनमा यूवाहरु हावी

logo
प्रस्ताव सुवेदी।
प्रकाशित २०७२ माघ २१ बिहिबार
13th-congress.png.png.png.png
चितवन। चितवन जिल्लाका एक उपमहानगरपालिका, सात नगरपालिका र आठ गाउँ विकास समिति र तिनका वडाहरुमा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भई नतिजा सार्वजनिक भएको छ। भरतपुर उपमहानगरपालिका वडा नम्वर १२ को सभापति पदको वाहेक जिल्लाभर सवै क्षेत्रको नतिजा आएको छ। जसमा सवैभन्दा वढि क्रियाशिल रहेको भरतरपुर उप महानगरपालिकामा भरत अधिकारी नगर सभापतिमा निर्वाचित भएका छन्। उप महानगरपालिकामा ७ हजार ३ सय ६३ मत खसेको थियो। जहाँ ९ हजार ५ सय क्रियाशिल रहेको नेपाली काँग्रेस चितवनले जनाएको छ। अधिकारीले २ हजार सात सय ७१ मत प्राप्त गरी विजयी भएका हुन।
 
त्यसैगरी रत्ननगर नगरपालिकाको सभापतिमा रुपनराज घिमिरे, खैरहनी नगर सभापतिमा शशि खनियाँ, माडी नगर सभापतिमा कमल भूषल, नारायणी नगर सभापतिमा टिकाराम भटराई, चित्रवन नगरसभापतिमा शालिग्राम पौडेल, राप्ती नगरसभापतिमा नारायण उप्रेती र कालिका नगर सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन्।
 
निर्वाचन अधिकृत ध्रुव पोख्रेलका अनुसार देशभरमा सवैभन्दा वढि क्रियाशिल २० हजार ६ सय चितवनमा रहेका छन्। गाउँ, नगरको अधिवेशनबाट एक हजार प्रतिनिधी छनोट भएका र तिनले यहि माघ २२ गते हुने क्षेत्रको र २५ गते हुने जिल्लाको अधिवेशनमा सहभागि हुन पाउने छन्। जिल्लाका १ सय ४२ बटा बुथमा अधिवेशन भएको थियो । भरतपुर १२ को वुथ सभापतिको वाहेक अन्य मतगणना सम्पन्न भएको पोख्रेलले वताए।
 
जिल्ला सभापतिमा उम्मेदवारी दिन गाउँ र क्षेत्रबाट निर्वाचित हुनु पर्ने हुदाँ सभापतिका आकांक्षीहरु पर्सि २२ गते हुने क्षेत्रीय अधिवेशनमा निर्वाचित हुनको लागि दौडधुपमा लागेका छन्। जिल्लामा पार्टी सभापति टेक प्रसाद गुरुङ्, सचिव जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, जगनाथ पौडेल, देवेन्द्र गुरुङ्, दिनेश कोईराला, राजेन्द्र वुर्लाकोटी, प्रकाश अधिकारी लगाएत सभापतिका आकांक्षी रहेका छन्।
 
यस्तै नेपाली काँग्रेस चितवनको गाउँ र नगर अधिवेसन सकिए लगतै क्षेत्रिय अधिवेसनको चटारोले काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई छोपेको छ। पछिल्लो समय क्षेत्रिय प्रतिनिधिका रुपमा युवा पुस्ता वढि आएका कारण जिल्लाको नेतृत्व युवाको हातमा जान सक्ने सम्भावना वढी रहेको देखिन्छ। यसै अनुसार युवा पुस्ताहरुले आ आफ्नो उम्मेदवारी समेत घोषणा गरेका छन्। आजसम्म आईपुग्दा जिल्ला सचिवका उत्तम जोशिले आफ्नो उम्मेदवारी घोषणा गरी सकेका छन्। यस्तै वर्तमान कार्यसमिति सदस्य शालिग्राम शर्माले पनि सचिव भएर काम गर्ने ईच्छा व्यक्त गरेका छन्। क्षेत्रहरुमा पनि क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र रहेको छ।
 
चितवन क्षेत्र नम्वर ५ मा क्षेत्रीय सभापतिका लागि भोजराज देवकोटा, लाल वहादुर दवाडी, क्षेत्र नम्वर ४ को सरीता केसी, शम्भू भण्डारी, निर्मल श्रेष्ठ, उद्धव लोहनी, दामोदर न्यौपाने, क्षेत्र नम्वर ३ मा लक्ष्मण गुरुङ्, रमेश अधिकारी, रामशरण कुँवर, क्षेत्र नम्वर २ मा कुमार कार्की र ईन्द्रकमल वुढाथोकी र क्षेत्र नम्वर १ मा किरण भूषण सिंह ओलि र राजु शसिलवालले उम्मेदवारी दिने तयारी गरेका छन्।
 
युवा पुस्ताको वाहुल्यता रहेको क्षेत्रीय प्रतिनिधिमा अव हुने क्षेत्रीय निर्वाचनमा कस्ले वाजी मार्छ त्यो भने भन्न नसक्ने अवस्था रहेको छ। काँग्रेसको १३ औ महाधिवेसन नजिकिदै जाँदा देखिएको काग्रेसि चहलपहललाई नियाल्ने हो भने पछिल्लो समयमा युवाको राजनितिमा देखिएको चासोको कारण काँग्रेस चितवनमा युवा पुस्ता हावी हुन सक्ने सम्भावना वढी रहेको छ। नेपाली काँग्रेसको १३ औ महाधिवेसनका लागि महाधिवेशन प्रतिनिधी  उम्मेदवारी युवा पुस्तावाट धेरैको आइरहेको छ। जसमा राजेन्द्र डोटेल, गणेश पौडेल, सूर्य ढकाल, कल्पना पौडेल, तारा गुरुङ्, लगाएतले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। नेपालमा काँग्रेसका सवैभन्दा धेरै क्रियाशिल सदस्य चितवनमा रहेका कारण चितवनमा अहिले केन्द्रको ध्यान तानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ