arrow

प्रेमको प्रतिक ‘रानीमहल’ जाने पुल निर्माण तीव्र  

logo
रामचन्द्र रायमाझी
प्रकाशित २०७४ चैत ३० शुक्रबार
ranimahal-bridge.jpg

पाल्पा । प्रेमको प्रतिक रानीमहल दरवार क्षेत्रमा पक्कि पुल निर्माण भइरहेको छ । सरकारले प्रेमको प्रतिक रानीमहल दरवार क्षेत्रलाई पर्यटकिय क्षेत्रको केन्द्रविन्दुका रुपमा विकास गर्दै पर्यटन व्यवसाय लाई फष्टाउने गरी पुर्वाधार निर्माणको काम अगाडि बढाएको हो । रानीमहल दरवार सम्म पक्की बाटोसंगै दुईतर्फी रुपमा पुल निर्माण भईरहेको छ । 

बाह्रै महिना पर्यटकहरु प्रेमको प्रतिक रानीमहल पुग्न सकुन भनी सडक पिच संगै पुल निर्माणको काम शुरु भएको हो । तत्कालीन सरकार प्रमुख खिलराज रेग्मीकोे सरकारले पर्यटकिय पूर्वाधार निर्माणको लागि रानीमहल क्षेत्रमा जाने बाटो पिच संगै कालीगण्डकी मा पुल निर्माणको लागि बजेट विनियोजन गरेको थियो । 

पक्की पुलको निर्माण भएसंगै गुल्मी, अर्घाखाँची, स्याङ्जा बाट पनि पर्यटकहरुले सवारी साधन लिएर रानीमहलको अवलोकन गर्न सक्ने छन । रानीमहल दरवारमा चारैतिर बाट आन्तरिक तथा बाह्य पर्यटक भित्राउने अभियानका साथ सरकारले सडक पिचदेखी कालीगण्डकीमा पक्की पुल निर्माण कार्य थालेको हो । 

२०७१ साल असारमा सम्झौता भई २०७५ असार भित्र निर्माण कार्य पुरा गर्ने गरी १९ करोड रुपैँयामा ठेक्का सम्झौता भएकोमा हाल सम्म पुलको ६० प्रतिशत काम सकिएको छ ।  

पुल निर्माण भएसंगै पर्यटकहरुको आवत जावतमा सहज हुने भएको छ । भौगोलिक विकताको कारण ओझेलमा पर्दै आएको रानीमहल दरवार बर्षदिन भित्रमा सहज रुपमा अवलोकन गर्न सकिने छ ।  

१० मिटर चौडाई भएको ४५ मिटरका ४ वटा स्पेन सहित १ सय ८० मिटर लम्वाईको प्रिस्टे«स प्रविधीको पुल रानीमहल क्षेत्रको कालीगण्डकीमा निर्माण भईरहेको पुल योजनाका पश्चिम सेक्टर क्षेत्र नंं ४ का  डिभिजन प्रमुख कृष्ण प्रसाद भण्डारीले बताए  । 

४ वटा स्पान मध्ये उत्तर साईटको २ वटा निर्माण पुरा भएका छन, दक्षिण साईटको १ वटा स्पान यसै बर्ष पुरा हुने छ । बाकी रहेको १ वटा स्पान र पुल र सडकबीचको बीच भागमा माटो भर्ने काम आगामी बर्ष निर्धारित समयमै पुरा गर्ने निर्माण कम्पनीले जनाएको छ । कम्पनीले १९ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।  

२०७५ असार मसान्त सम्म सक्नुपर्ने सम्झौता भएपनि निर्धारित समयमा भने पुल निर्माणको काम नसकिने भएको छ । निर्वाचन, नाकावन्दी र भुकम्पको कारण समय थपिने, थपिएको समय भित्र काम पुरा गर्ने निर्माण कम्पनीले जनाएको छ । 

बजेटको आधारमा निर्माण कम्पनीले आफै विस्तृत डिजाईन सर्भे गरी पुल निर्माण गरेको हो । सपना हिमढुङ एण्ड ठोकर र त्रिशुलीले प्रि स्ट्रेस पुलको डिजाईन गरी काम गरेको हो । 

‘नाकाबन्दी र भुकम्पको कारण एक बर्ष ढिला भयो, गत बर्षदेखी मात्र काम शुरु गरेका हौं , जेठदेखी कार्तिकसम्म नदीमा पानीको बहाव अत्याधिक हुने भएकोले काम गर्न सक्दैनौ, बर्षमा ६ महिना मात्र काम गर्दा समेत ६० प्रतिशत काम सकेका छौं आधा काम आगामी बर्षसम्म पुरा गर्न योजनाका साथ काम भईरहेको छ’, निर्माण कम्पनीका साईट प्रमुख श्रीजन बर्तौलाले भने ।  

पुल निर्माण पुरा भएपछि बुटवल, तानसेन रानीघाट हुँदै उत्तरी गुल्मी,पश्चिम स्याङ्जा जोड्ने सडक बन्नेछ । तानसेन तम्घास सहायक राजमार्ग अवरुद्ध हुदा समेत पक्की पुल निर्माण भएपछि यो सवारी साधन अवरुद्ध नहुने देखिएको छ ।  

पाल्पाको कालीगण्डकी क्षेत्रमा मात्र पुल योजना पश्चिम क्षेत्र नं ४ बाट  मात्र रानीघाट सटुका, यम्घा, बासटारी, हुगी अर्सदी र आधीघाट बर्दले र बाकामलाङ्ग तनहु जोड्ने गरी ५ वटा पक्की पुल निर्माण भईरहेको डिभिजन प्रमुख भण्डारीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ