- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोनाले अपराजित संख्यामा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोनाले स्पेनिस लिग ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको हो ।
शनिबार राति भ्यालेन्सियालाई घरेलु मैदान क्याम्प नोउमा २–१ कोअन्तरले हराउँदै बार्सिलोनाले यो कीर्तिमान बनाएको हो ।
बार्सिलोनालाई जिताउन १५ औं मिनेटमा लुइस सुआरेजले पहिलो गोल गरे । खेलको ५१ औं मिनेटमा सामुइल उम्टिटीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
तर निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी छँदा पाएको पेनाल्टीमा भ्यालेन्सियाका पारेजोले गोल गरेर अन्तर कम गरे ।
त्यसपछि भ्यालेन्सियाले गोल गर्न सकेन । अनि जितका साथ बार्सिलोनाले नयाँ रेकर्ड बनायो ।
यसअघि १९७८–७९ र १९७९–८० को सिजनमा रियाल सोसिडाडले ३८ खेलमा अपराजित रहेर कीर्तिमान यति लामो समयसम्म आफ्नो नाममा लेखाएको थियो ।
उपाधिको नजिक पुगेको बार्सिलोनाको यो रेकर्ड तोड्न अब यसै गरी वर्षौं लाग्ने निश्चित छ ।
बार्सिलोना रोकिएको छैन । यात्रा अझै लामो जान सक्छ ।
यो जितपछि बार्सिलोनाको लिगमा ३२ खेलबाट ८२ अंक भएको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ३१ खेलबाट ६८ अंक छ ।
नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले त्यसअघि बार्सिलोनाका गोलकिपरले गम्भीर गल्ती गरेका थिए तर, कार्लोस सोलेरको क्रसमा रोड्रिगोको प्रहार गोललाइनबाट क्लियर गरेका थिए ।
जितपछि बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र उपाधिका लागि अब मात्र ७ अंक चाहिन्छ ।