arrow

स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामी चर्को मूल्यमा ठगिदै  

logo
रमित बिक
प्रकाशित २०७५ वैशाख ३ सोमबार
hospital-bajura-district.jpg

बाजुरा । बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ । क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयमा पाईने ७० प्रकार औषधि निःशुल्क पाईने भएपनि कुनै प्रकार औषधि स्वास्थ्य संस्थाहरुमा उपलब्ध नभएको बिरामीहरुको गुनासो रहेको छ । स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएपछि बिरामीहरुले निजि क्लिनिकहरुबाट औषधि चर्को मुल्यमा किन्न बाध्य भएका छन् । 

बडिमालिका नगरपालिका वडा नं ३ का तुलादेवी खड्काले २५ सय भन्दा बढी रुपियाँ तिरेर निजि मेडिकलबाट औषधि किनिन् । “आफुले आफु बिरामी हुदाँ सबै औषधि मेडिकलबाट किनें’, उनले भनिन्, ‘अस्पतालमा चेकजाँच मात्र भयो ।’

 आफु जस्ता आर्थिक अवस्था कमजोर भएका समुदायलाई उपचार गर्न समस्या भएको उनले बताए । आफुले मेडिकलबाट सबै औषधि किनेको बताईन् ।

    ‘जिल्ला अस्पतालमा औषधि छैन्,’ बडिमालिका नगरपालिका वडा नं ९ की मीनाक्षी आचार्यले भने,‘निजि स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन । हामी जस्ता गरिवलाई समस्या भएको उनले बताइन् । 

आफुहरुले जिल्ला अस्पतालबाट पहिले भन्दा अहिले सबै सेवा पाएको भएपनि केही औषधि अभावले समस्या परेको उनले बताइन् । 

जिल्लामा केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुदाँ औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

 ‘अहिले औषधि खरिद गर्ने अन्योल भएको छ, ‘उनले भने, ‘यसले गर्दा बिरामीलाई समस्या परेको छ ।’

 जिल्ला स्वास्थ्य कार्यालयमा नै औषधि अभाव हुदाँ जिल्लाका अन्य स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । 

अस्पतालमा रहेको सबै औषधि सकिएको भएपनि औषधि उपलब्ध नभएको जिल्लाका स्वास्थ्य चौकीहरुको भनाई रहेको छ । जिल्लामा १ वटा जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ८ वटा सामुदायिक स्वास्थ्य ईकाइ र २ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । 

समय–समयमा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  

सबै अधिकार स्थानिय तहमा गएको आफुहरु संग केही बजेट नभएकोले औषधि खरिद प्रक्रिया समेत अन्यौल हुन् पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा।रुपचन्द्र विश्वकर्माले बताए । 

उनले भने ‘प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा फेज नेपाल नामक संस्थाले सहयोग गरिरहेकोले कम समस्या भएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा चाँहे जति औषधि नभएको उनले स्विकार गरे । 

स्थानिय तहमा सबै अधिकार गएपछि अहिले हामीहरु संग बजेट नभएको उनले भने‘औषधि खरिद गर्ने रकम स्थानिय तहमा गएको छ । अधिकार जति सबै स्थानिय तहमा गएकोले आफुहरुले केही गर्ने नसकिने उनले बताए । 

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोर किपर तेजबहादुर साउँदले स्टोरमा केही मात्रामा औषधि भएपनि चाहे जति नभएको बताए । 

उनले भने ‘सबै अधिकार स्थानिय तहमा गएकोले आफुहरुलाई औषधिको अभाव भएको बताए । 

क्षेत्रबाट जति प्रकारका औषधि आउँथ्यो त्यति नआएको उनले स्विकारे । केही मात्रामा आएको औषधि प्याक गरेर गाउँतिर पठाउने तयारी भएपनि ढुवानी अभावले पठाउन नसकिएको बताए ।

 अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा दैनिक जस्तो सिजनल बिरामीको संङ्गख्यामा बृद्धि भएको छ । दैनिक करिव १ सयको हाराहारीमा बिरामी आउने गरेको उनले बताए । टाईफाईड, झाडापखाल र रुघाखोकी बिरामी बढी आउने गरेका छन् । 
                   
जिल्ला अस्पताल बाजुरा अहिले सबै सेवा उपलब्ध भइरहेका छन् । विगतको भन्दा अहिले २४ घण्टा एमडिजीपी डाक्टरहरुबाट सामान्य चिकित्सा, ओपीडी सेवा, जटिल सुत्केरी सिजेरियन अप्रेशनबाट बच्चा जन्माउन, हाडजोर्निको अप्रेशन तथा प्लाष्टर, हर्निया, हाईड्रोशिल, एपेन्डिक्स, पाईल्स, आन्द्राप्वाल परेको जटिल अप्रेशन, गाँठा गुठी फाल्ने समान्य अप्रेशन लगायत मुटुको जाँच तथा ईसिजी सेवाहरु उपलब्ध छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ