arrow

ओली-प्रचण्डबीचको बैठक सकियो , मंगलवार पार्टी एकता समितिको बैठक

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
oli-prachanda2.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । लामो समयदेखि पार्टी एकताका लागि कार्यदलको बैठकसमेत बस्न नसकेका बेलामा सोमवार दुबै नेताहरु एकैठाउँ भेला भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीचको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । मंगलवार विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएका छन् ।  असमझदारी बढेसंगै दुवै नेताहरु आपसमा जुट्न सकेका थिएनन् ।

प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने भनी डम्फू पिटेका दुई नेताहरुबीच ओलीको भारत भ्रमणपछि छलफल भएको थिएन ।

 प्रधानमन्त्री रारा भ्रमणमा निस्केका थिए भने प्रचण्ड चितवन गएर फर्केपछि सिन्धुपाल्चोकको सिकुटे हानिएका थिए ।

यो गोप्य वार्ताले अप्रिल २२ (बैशाख ९) अर्थात् कम्युनिष्ट पार्टीको जन्म भएको दिनमा एकता गर्ने उपाय खोज्छ कि खोज्दैन भन्नेमा चासो बढेको छ । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले एकता प्रक्रिया थालेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ