arrow

अर्बुदबाट बच्न सादा खानपिन आवश्यक

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
अर्बुद.jpg.jpeg
काठमाडौं । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले प्रत्येक वर्ष देशमा करिब पाँच हजार महिलालाई स्तनसम्बन्धी क्यान्सर हुने गरेको बताएको छ । विश्व अर्बुद रोग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा सुजिता हीराचनले ग्रामीण भेगका महिलामा सो रोग लागेपछि परिवारका आफन्तले लुकाउन चाहने गरेकाले बिरामीको सङ्ख्या सहरी क्षेत्रको तुलनामा धेरै पाइएको जानकारी दिए । 
 
उनले ४० वर्षभन्दामुनिका अधिकांश महिलालाई हुने स्तन रोग पाइएको उपचारपछि रोगीको आयु धेरै लम्ब्याउन नसकिने र रोग लागेको प्रारम्भिक चरणमा शल्यक्रिया गरे ९० प्रतिशत महिलाको आयु पाँच वर्षभन्दा बढी लम्ब्याउन सकिने बताए ।त्रिवि शिक्षण अस्पतालले गरेको अनुसन्धानअनुसार ५० वर्ष नाघेका महिलालाई सो रोग दुई तिहाइ पाइएको र ४० वर्षभन्दा तलका महिलालाई एक तिहाइको अनुपातमा पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वमा पाँच लाख २२ हजार महिलाको स्तन क्यान्सरको रोगबाट मृत्यु हुने गरेको छ । प्रत्येक वर्ष १५ लाख महिला नयाँ बिरामीका रुपमा देखा पर्छन् । 
 
नेपालमा करिब ५० हजार अर्बुदका बिरामी भएको अनुमान छ ।यसैबीच सोही संस्थाले ललितपुरको दरबार क्षेत्रमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा डा रीतेश श्रेष्ठ, डा निर्मला श्रेष्ठलगायतले सर्वसाधारणलाई सो रोगबाट बच्नका लागि सूर्तीजन्य पदार्थ, मदिरा, चिल्लोयुक्त खानपिनको प्रयोग नगर्न आग्रह गर्दै व्यायाम तथा हिँडडुलमा सन्तुलन कायम गरी मोटोपना घटाउन र समय समयमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिए ।फाउन्डेसनले उक्त कार्यक्रममा सहभागी भएका करिब एक हजार जनालाई फेब्रुअरी महिनाभित्र स्तन अर्बुदको परीक्षण गराउन चाहने महिलालाई ५० प्रतिशतको सहुलियत उपलब्ध गराउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ