arrow

विपीको अवमूल्यन गर्दे अधिनायकवादी पथमा प्रदेश सरकार

logo
डम्बर अधिकारी,
प्रकाशित २०७५ वैशाख ३ सोमबार
pradesh-4-samsad.jpg

पोखरा । प्रदेश नम्बर ४ को सरकारले सोमबार ९५ बुँदे  सरकारको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेलो मुख्यमन्त्री देखि कोरला —पोखरा सडक कार्यक्रमलाई प्राथमिकता दिएको छ । त्यस्तै नीति कार्यक्रममा कानुन तर्जुमा , प्रादेशिक संरचना निर्माण ,कृषि ,पर्यटन,जलविद्युत,मरस्याङदी र कालिगण्डकी करिडोरलाई विशेष प्राथमिकता दिइएको छ ।

त्यसैगरी औद्योगिक क्षेत्र ,प्राङगारिक मल कारखाना ,अन्तराष्ट्रिय सम्मेलन केन्द्र ,स्याटेलाईट सिटी निर्माणमा समेत जोड दिइएको छ । त्यसैगरी सञ्चारको क्षेत्रमा टेलिभिजन र रेडियो सञ्चालन गर्ने नीति लगायत देशविदेशमा रहेका प्रदेशका नागरिकालाई प्रदेशभित्र लगानीका लागि आव्हान समेत प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले यि लगायत थुप्रै कार्यक्रमहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गरेको अवस्था छ ।

त्यस्तै  प्रदेश सरकारले नीति तथा कार्यक्रमको पूर्णपाठको सुरुवातीमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनआन्दोलन ,सशस्त्र संघर्ष र तराई मधेश आन्दोलनमा बलिदान प्राप्त ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धा सुमन अपर्ण गर्दे वेपत्ता एवं पीडित नागरिक प्रति सम्मान  समेत व्यक्त गरिएको छ ।

त्यसैगरी नीति तथा कार्यक्रमको दोस्रो नम्बरमा नेपालको युगान्तकारी परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुरयाएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी र जननायक विपी कोइराला प्रति समेत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।  

प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुँदै गर्दा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनआन्दोलन ,सशस्त्र संघर्ष र तराई मधेश आन्दोलनमा बलिदान प्राप्त ज्ञात अज्ञात सहिदहरु र युगान्तकारी परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुरयाएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी र जननायक विपी कोइरालालाई सम्झनु प्रदेश सरकारको सह्रानीय कार्य हो ।तर युगान्तकारी परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिलाई सम्झने क्रममा प्रदेश सरकारले विपी कोइरालालाई तेस्रो नम्बरमा राख्ने जुन कार्य गरेको छ । त्यसले प्रदेश सरकारको चरित्र उदाङिगन पुगेको छ ।

 नेपाली राजनीतिको पाना पल्टाएर हेर्ने हो भने विपी कोइराला, श्रेष्ठ र भण्डारी भन्दा अग्रज राजनेता मानिन्छन् । २००७ सालको ऐतिहासिक परिर्वतन कोइरालाकै अगुवाईमा सम्पन्न भएको थियो ।जसको जगमा उभिएर आज प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम ल्याईरहेको अवस्था छ ।यस्तो महत्वपूर्ण घडीमा कोइरालामा माथि प्रदेश सरकारले किन भेदभाव पूर्ण व्यवहार गरयो । त्यो यतिखेर सर्वत्र चासोको विषय बनिरहेको छ ।त्यतिमात्र होइन कोइराला वि.स. २०१५ सालमा सम्पन्न आम निर्वाचनमा निर्वाचित भएर मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत बनेका व्यक्ति हुन् । जनताबाट निर्वाचित भएको प्रदेश सरकारले जनताको अभिमतको सम्मानका लागि पनि कोइरालाको नाम श्रेष्ठ र भण्डारीको भन्दा अगाडि पर्ने होइन र ? अवश्य हो । तर यसमा प्रदेश सरकार चुकेको अवस्था छ ।

संयोग नै मान्नु पर्दछ प्रदेश नम्बर ४ को सरकारले जननायक कोइराला प्रति अपमान गरेकै दिन काग्रेस सभापति शेरबहादुर देउवाले चितवनमा सञ्चारकर्मीहरु संग कुराकानीका क्रममा अधिनायकवाद सुरु भएको प्रतिक्रिया दिएका छन् । अब विकासका नाममा अधिनायकवादको विकास हुने काग्रेस सभापति देउवाको भनाई रहेको थियो । प्रदेश नम्बर ४ मा वाम गठबन्धन नेतृत्वको प्रदेश सरकारले जनु हर्कत देखाएको छ । त्यसले काग्रेसका पार्टी सभापति देउवाको भनाईलाई सहि प्रमाणित गरिरहेको प्रष्ट हुन्छ । तसर्थ मुलुकलाई अधिनायकवादको बाटोमा लैजानेको त्यसको विरुद्धमा लोकतन्त्रमा आस्था राख्ने नेपाली जनताले सोच्नुपर्ने बेला आएको छ । अन्तमा, नेपाली राजनीतिमा कोइराला , श्रेष्ठ र भण्डारी को अग्रज हुन् सहि निर्णय जनताले नै गरुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ