arrow

विद्यार्थी भर्ना अभियानमा जुट्यो त्रिभुवन मावि

logo
गोपाल अधिकारी,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
tribhuwan-mavi.jpg

बुधबारे । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क अधारभूत शिक्षा’ भने मुल नाराका साथ झापाको बुद्धशान्तिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयल होक्सेले नयाँ शैक्षिक सत्रका लागि कक्षा नरर्सरी देखि ९ सम्म भर्ना अभियान सुरु गरेको छ ।   कक्षा नर्सरी देखी कक्षा ६ सम्मा अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयले भर्ना अभियानका लागि विद्यालय बाहिर रहेका ३ देखि १६ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन अभियान संचालन गरेको हो ।

गत चैत २३ गते वाट शुरु भएको भर्ना अभियानसँगै विद्यालय सेवा क्षेत्रका विद्यार्थीहरुको तथ्याङ्ग समेत संकलन गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष खड्ग बहादुर तिम्सिनाले जानकारी दिए । हाल विद्यालयमा ३ सय ८० विद्यार्थी रहेका छन् भने यो अभियान सँगै नयाँ शैक्षिक सत्रमा ५ सय भन्दा बढि को संख्यामा विद्यार्थी पुर्‍याउने लक्ष्य लिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए ।

वुद्धशान्ति गाँउपालिका वार्ड नं एकका अध्यक्ष भिमकुमार नेवार, वडा सदस्य ताराविर घिमिरे, यमुना चापागाँई, टिका धिमाल, मनमाया ल्वागुन सहित अभिभावक, विद्यार्थी र शिक्षक सहभागि अभियानमा दैनिक ९ देखि ६० जना सम्म अभिभावक भर्ना  अभियानमा  सहभागी शुने गरेका छन् ।  बैशाख २८ गते नवभर्ना भएका सम्पूण विद्यमर्थीहरुलाई स्वागत गर्दै यो वर्षको अभियान समापन हूने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ