arrow

नेपाली काँग्रेस बाजुरा दिल्ली  सम्पर्क समिति गठन

logo
रमित बिक
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
delhi-bajura-congress.jpg

बाजुरा । ‘नेपाली काँग्रेस हुनुमा नै हाम्रो शान, प्रवासमा रहेका नेपालीलाई एकता गर्नु हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भारतको नयाँ दिल्लीस्थित सादरामा रतनबहादुर शाहीको अध्यक्षता १५ सदस्यीय नेपाली काँग्रेस बाजुरा सम्पर्क समिति गठन भएको छ । 

कार्यक्रममा मूख्य अथिती बाजुरा जिल्ला नेपाली काँग्रेस सभापति कविराज पंडित र महासमिति सदस्य पदमबहादुर शाहीको उपस्थितिमा सम्पन्न भएको थियो । 

अन्य विशिष्ठ अथितिमा नेपाली जनसम्पर्क समिति उतर भारतका अध्यक्ष कृष्ण पान्डे, महासचिव रुद्र मल्ल, उपाध्यक्ष अर्जुन धरेल, नेपाली काँग्रेस बाजुरा जिल्ला सदस्य सेरबहादुर खाती थिए । 

सम्पर्ण अथितिले उक्त समितीलाई बधाई दिँदै अब नेपालमा काँग्रेस आफ्नो पुरानो धारमा आउन कुनै शक्तिले नरोक्ने बताए । 

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत भएका थिए । कार्यक्रम सम्पर्क समितिका महासचिव खगेन्द्रबहादुर सिंहले संचालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ