arrow

वीरमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइयो

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
bir-hospital.jpg.jpeg

काठमाडौँ । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले बिहिवार वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका हुन् ।

प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताए । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने उनले बताए । ‘एम्क्याड–भिटी’ सफ्टवेयरका माध्यमबाट थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन सकिने, रोगको पहिचानमा सहयोग पुग्ने तथा उपचार सस्तो हुने छ । क्यान्सरको खतरा र अन्यत्रबाट क्यान्सर सरेको वा नसरेको सहजै पत्ता लगाउन सकिने बताइएको छ ।

हेल्थ केयर सोलुसनका निर्देशक भट्टले सफ्टवेयर जुनसुकै अल्ट्रासाउण्डका मेसिनमा राख्न मिल्ने बताए । उक्त सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले निर्माण गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ