arrow

रुम टु रिडको शिक्षकलाई तालिम

logo
सीता डोटेल,
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
DSC_0044.JPG

पाल्पा । नयाँ शैक्षिक सत्र २०७५ का लागि पाल्पामा सञ्चालित एकीकृत साक्षरता कार्यक्रमले कार्यक्रम लागु भएका बिद्यालयका शिक्षकहरुलाई तालिम दिन शुरु गरेको छ ।

 रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाई पाल्पासँगको समन्वयमा पछौटेपन उन्मुलन बेस नेपाल पाल्पाले सञ्चालन गरेको साक्षरता कार्यक्रम अन्तर्गत बिद्यालयका कक्षा २ का नेपाली भाषा बिषयक शिक्षकलाई शैक्षणिक तालिम भएको हो ।

 आगामी शैक्षिक सत्रमा नेपाली भाषा पढाउन सक्षम गराउन तालिमको आयोजना गरेको रुम टु रिड पाल्पाका कार्यक्रम अधिकृत राधाकृष्ण हुँमागाईले बताए । जिल्लामा सन् २०१७ मा कक्षा १ मा साक्षरता कक्षा र पुस्तकालय स्थापना भएका २५ बिद्यालयमा अब नयाँ तरिकाले कक्षा २ को पठनपाठनमा शिक्षकलाई पोख्त गराउन तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटनका अबसरमा बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बिद्यार्थीको पढ्न पाउने अधिकारमा संघसंस्थाले महत्व दिदै पढाईमा निखारता ल्याउन सहयोग गरेको बताए । ‘‘बालबालिकालाई रमाइलो वातावरणमा पढाउन यो तालिमले प्रेरित गर्छ’’–पाण्डेले भने ।

५ दिनसम्म चल्ने तालिममा पढाईका पाँच तत्वहरु ध्वनि सचेतीकरण, चिनारी, शब्द भण्डार, पठन बेग, बोध सहित लेखनलाई प्रभावकारी शिक्षणमा जोड दिन बिभिन्न क्रियाकलाप गरि तालिम अबधिमा सिकाइनेछ । रुम टु रिडको ‘‘म गर्छु, हामी गरौं र तिमी गर’’ रणनितिको अबलम्बन र कक्षाका सबै बालबालिकालाई अबसर दिदै साक्षरता युक्त वातावरण निर्माण, नियमित बिद्यार्थी मुल्याङ्कन, मुल्याङ्कनका आधारमा बिद्यार्थीलाई शिक्षणमा थप आवश्यक सहयोग एंव बिद्यार्थी रिपोर्ट कार्डको प्रयोग बिषयमा तालिममा सहजिकरण गरिने साक्षरता कार्यक्रम संयोजक प्रकाश पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ