arrow

स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सामुदायिक स्वास्थ्य ईकाई

logo
नारायण रिजाल,
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
swasta-ikai.JPG

बागलुङ । हरेक समुदायका आम नागरिकलाई स्वास्थ्यको पहुँच पुर्‍याउन जिल्लाका विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लामा १४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।

सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएका इकाई अधिकांश दुर्गम वस्तीलाई लक्षित गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका सर्वसाधारणलाई इकाईले राहत दिलाएको छ ।

पायकमा स्वास्थ्य चौकी नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएका जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।  नगरपालिका र गाउँपालिका भित्र भएको स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था देखेर इकाई स्थापना गरेका छौँ, प्रशासक तिवारीले भने, ।

जिल्लाको बरेङ गाउँपालीकाको हुग्दिशिर, बडिगाड गाउँपालिकाको दर्लिङ, र ग्वालीचौरको दांग, निशिखोला गाउँपालिकाको निशी, बागलुङ नगरपालिकाको पैयुँपाटा, जैमिनी नगरपालिकाको जैदी, ढोरपाटन नगरपालिकाको बोवाङ ढोरपाटनमा तमानखोलाको नर्जाखानीमा, ताराखोला गाउँपालिकाको अमरभुमी भुस्कातमा विगतका वर्षहरुमा स्वास्थ्य इकाई स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस वर्ष बागलुङ नगरपालिकाको पैयुँपाटा र अमलाचौर, बडिगाड गाउँपालिकाको जलजला र भिमगिठे, तमानखोला गाउँपालिकाको बोङखानीमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गर्ने कार्यक्रम रहेको प्रशासक तिवारीले बताए । सामुदायिक स्वास्थ्य इकाई स्वास्थ्य चौकीको सानो रुप हो जहाँ एक अहेव र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहन्छन् ।

स्वास्थ्य चौकीले दिने प्रायः सबै सेवा इकाईबाट प्रदान गर्ने गरिएको छ । सरकारले प्रत्येक वर्ष जिल्लाको आवश्यकता हेरी सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि स्वीकृत प्रदान गर्ने गरेको छ । थप गाउँपालिका र नगरपालिकाकामा  पनि इकाई स्थापनाका लागि माग भइ आएको प्रशासक तिवारीले बताए ।

मंगलबार बागलुङ नगरपालिकाको वडा नं. १२ सरङगी र वडा नं. १३ बासकोटमा स्वास्थ्य इकाईबाट सेवा सुचारु गरिएको छ । स्वास्थ्य इकाई संचालन सँगै करिब ५ सय घरधुरी प्रत्येक्ष लाभाम्वित हुनेछन । बागलुङ नगरपालिकाका हरेक गाउँमा स्वास्थ्यको पुर्‍याउने निति बनाएका नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । हामिले नगरपालिका भित्र आवश्यकता हेरी सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गर्ने छौं, पौडेलले भने, नगरलाई स्वस्थ्य नगर बनाउने हाम्रो परिकल्पना रहेको छ ।

भौगोलिक विकटता स्वास्थ्य  चौकीसम्म सहज पहुँच नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेको छ । बागलुङ नगरपालिका वडा न. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘यहाँका स्थानियलाई २-३ घण्टा धाएर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेको छ । इकाई स्थापना भएपछि स्थानियह हर्षित भएका थिए । पैयुँपाटामा मात्र १ स्वास्थ्य चौकी र २ सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरिएको छ । पुर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाकार प्रताप पौडेललको विषश पहलमा हामीले विरामी हुँदा उपचार गर्ने ठाउँ पायौं स्थानिय लक्ष्मी रिजालले भनिन, ‘अब घण्टौं लगाएर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता टरेको छ । गाउँमकै इकाईबाट प्रत्यक्ष रुपमा सेवा लिइरहेको उनको भनाइ छ ।

त्यस्तै बागलुङमा ४ वटा शहरी स्वास्थ्य ईकाई पनि स्थापन गरिएको छ । शहरमा काम गर्ने मजदुरहरुको स्वास्थ्यको ख्याल राख्दै बागलुङ नगरपालिकाको ४ स्थानमा शहरी स्वास्थ्य ईकाईको स्थापना गरिएको हो ।

स्थानीयवासीकै सक्रियतामा वडा अध्यक्षको अध्यक्षतामा सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन समिति गठन गरेर त्यसको व्यवस्थापन र सञ्चालन गर्ने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ