arrow

स्वास्थ्य केन्द्र स्थापना गर्दै वालिङ

स्वास्थ्य सेवा पाउदै काफलडाँडा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ वैशाख ८ शनिबार

स्याङ्जा । वालिङ नगरपालिकाले स्वास्थ्यको पहुँच नपुगेको वडाहरुमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । नगरवासीलाई स्वास्थ्यको पहुँचबाट टाढा हुन नपरोस भन्दै नगरपालिकाले स्वास्थ्य केन्द्र नभएको वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । सबै अधिकार स्थानीय तहलाई जिम्मेवारी आए सगै जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले वालिङ नगरपालिकालाई चैत्र २३ गते स्वास्थ्य कार्यालय हस्तान्तरण गरेको थियो । जिल्लाले हेनुपर्ने स्वास्थ्य क्षेत्र स्थानीयतहले हेर्न थालेपछि स्वास्थ्य संस्थाहरु हरेक वडामा पुर्‍याउने लक्ष्य वालिङ नगरपालिकाको रहेको छ ।

१४ वाड रहेको वालिङ नगरपालिकामा ३ ओटा वडामा स्वास्थ्य चौकी विहिन छन् । अन्य वडा भने स्वास्थ्य चौकी रहेको नगरपालिकाले जनाएको छ । साविकका गाविस वालिङ गाभिने र केही गाविसका वडाहरु फुटेका कारण ३ ओटा वडामा स्वास्थ्य चौकी विहिन हुन पुगेको कार्यपालिकाको भनाई छ । नगरपालिकाले ८ र १३ नम्वर वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने एक वडामा केहि दिनमै स्वास्थ्य चौकी स्थापना गर्ने तयारी रहेको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए । नगरपालिकाले ८ नम्वर वडाको काफल डाँडामा स्वास्थ्य चौकी स्थापना गरेको छ भने १३ को वायाँटारीमा स्थापना गरेको छ । जसले गर्दा सामन्य उपचारका लागि वडावासीहरु महङ्गो क्लिनिकमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
 
नगरवासीलाई शिक्षा, स्वास्थ्य र खानेपानी पहिलो प्रथामिकतामा राखेका छौं नगर प्रमुख खाँणले भने,“नगरवासीको सन्तोष नै हाम्रो सन्तोष हो ।” नगरवासीलाई स्वास्थ्य राख्न स्थानीय सरकारको दायीत्व रहेकाले जनताका आधारभुत आवश्यकतामा जोड दिने हाम्रो लक्ष्य हो नगर प्रमुख खाँणले भने । स्वास्थ्य संस्था नहुँदा निकै समस्या झेलेका काफलडाँडा वासीलाई यो स्वास्थ्य संस्थाले टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले स्वास्थ्य, शिक्षा र रोजगारलाई बढी प्रथामिकतामा राखेर विधि तय गरेको छ । सबै भन्दा बढी नगरपालिका भएर पनि ग्रामिण क्षेत्रका महिला रोगको शिकार भएको तथ्याङ्क देखिएकोले यस्ता स्वास्थ्य संस्थाले त्यस्ता महिलालाई टेवा पुग्ने विश्वास नगर उपप्रमुख कल्पना तिवारीको छ ।

युवा बैदेशिक रोजगारीमा, बुहारी शहरबजारमा गाँउघरमा जेष्ठ नागरिक मात्रै बसेको अवस्था छ नगर उपप्रमुख तिवारीले भनिन्,“ शहरबजारमा बस्ने सबै बुहारीलाई गाँउमै फिर्ता गर्ने अभियान चलाउनु आवश्यक छ ।” गाँउमै गुणस्तरीय शिक्षा, स्वास्थ्य प्रदान गर्न सकिएमा यो अभियान सफल हुने विश्वास हाम्रो छ तिवारीले भनिन् । स्वास्थ्य, शिक्षामा गुणस्तरीयताको खोजी हुन थालेपछि पछिल्लो समय गाँउघर युवायुवती विहिन हुन पुगेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ