arrow

बागलुङमै ‘डायलासिस’ सेवा शुरु

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
kidney-dialysis1.jpeg

बागलुङ । धवलागिरि अञ्चल अस्पताल बागलुङमा सोमवारबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ ।  यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् ।

बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाको डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा सागर राजभण्डारीले बताए ।  दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलासिस गर्न सकिने उनको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ ।

यो सेवा शुरु संगै महँगो खर्चमा डायलासिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताए । ‘‘लामो प्रयासपछि डायलासिस सेवा शुरु भएको छ,” उहाँले भन्नुभयो, “यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।”

सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो । देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलासिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ