-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भरतपुर । दिन आज छ भोलि, नहुन पनि सक्छ ।
हरेक पीडाको गोली, नहुन पनि सक्छ ।
परबाट हेर्दा मान्छेको भीडभाड भए पनि
बेहुली बिदाई गरेको डोली, नहुन पनि सक्छ ।
चुपचाप बसे पुरूषलाई मसान भन्छन् ।
पीडामा मर्दको बोली, नहुन पनि सक्छ ।
गरीबीले यतिसम्म थिच्छ कसैलाई कठै,
छोरीलाई लगाई दिने चोली, नहुन पनि सक्छ ।
सधै खुसी हुन सिक्नुपर्छ है भन्छ साथी
मनभित्र खुसीको झोली, नहुन पनि सक्छ ।
दिन आज छ भोलि, नहुन पनि सक्छ ।
हरेक पीडाको गोली, नहुन पनि सक्छ ।