arrow

हरेक पीडाको गोली नहुन पनि सक्छ 

logo
राजन पराजुली,
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
rajan-parajuli.jpg

भरतपुर । दिन आज छ भोलि, नहुन पनि सक्छ ।
हरेक पीडाको गोली, नहुन पनि सक्छ ।

परबाट हेर्दा मान्छेको भीडभाड भए पनि 
बेहुली बिदाई गरेको डोली, नहुन पनि सक्छ ।

चुपचाप बसे पुरूषलाई मसान भन्छन् ।
पीडामा मर्दको बोली, नहुन पनि सक्छ ।

गरीबीले यतिसम्म थिच्छ कसैलाई कठै,
छोरीलाई लगाई दिने चोली, नहुन पनि सक्छ ।

सधै खुसी हुन सिक्नुपर्छ है भन्छ साथी
मनभित्र खुसीको झोली, नहुन पनि सक्छ ।

दिन आज छ भोलि, नहुन पनि सक्छ ।
हरेक पीडाको गोली, नहुन पनि सक्छ ।
                                       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ