arrow

महजोडीद्धारा निहारिका पन्तको चित्र प्रदर्शनी उद्घाटन

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
mahajodi-niharika.JPG

काठमाडौँ । वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अर्थात् महजोडीले चित्रकार निहारिका पन्तका चित्र प्रदर्शनी उद्घाटन गरेका छन् । 

काठमाडौँको नागपोखरीमा रहेको इमागो दि क्याफेमा अनिरभान नाम राखेर पन्तले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबारदेखि चित्र प्रदर्शनी सुरु गरेकी हुन् । 

वरिष्ठ कलाकार हरिवंश आचार्यले सो कार्यक्रममा मैले पनि आर्ट गर्थें गाई बनाउँदा कुकुर जस्तो हुन्थ्यो, कुकुर बनाउँदा गाईजस्तो हुन्थ्यो पछि तेस्रो भएकाले सधैभरि बनाइराख्न पर्छ भनेर आर्ट गर्न छोडिदिएको भन्दै हँसाएका थिए । 

निरारिकाको प्रदर्शनी हेरेर उनले भने, निहारिकाको परिवार नै प्रदर्शनी नै गर्ने खालको छ । 

निहारिका वरिष्ठ न्यूरोसर्जन डा बसन्त पन्त र प्राडा विजया पन्तकी कान्छी पुत्री तथा वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्तकी नातिनी हुन् । 

वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, ‘सन्तोष पन्तको बाटो आफू हिँडेको र डाक्टर साबको बुबा गोपालराज पन्त हाम्रो प्रेरणाको स्रोत हुनुहुन्थ्यो भने डाक्टर साब्को सर्जरीको एक्जिबिसन नेपालमा मात्र होइन विश्वकै प्रख्यात हुन लागिसकेको छ । तपाईहरुको ब्लड नै ट्यालेन्ट ब्लड हो जस्तो लाग्छ मलाई ।’

उनले निरारिकाका तस्वीर ब्यवसायिक कलाकारले बनाएका जस्ता लाग्ने प्रतिक्रिया दिँदै भविश्य उज्वल भएको बताए । 

त्यसैगरी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि उक्त प्रदर्शनीमा रहेर निकै खुशी देखिएका थिए । मदनकृष्ण पत्नी वियोगको पीडाबाट बाहिर निस्कने प्रयासमा छन् । 

पाँच दिनसम्म चल्ने चित्र प्रदर्शनीबाट विक्री भएको रकम एक स्कुललाई प्रदान गर्ने पन्तले बताइन् ।

Image may contain: 6 people, including Basant Pant and Bijaya Pant, people smiling, people standing

No automatic alt text available.

Image may contain: indoor

Image may contain: indoor

No automatic alt text available.

No automatic alt text available.

Image may contain: 2 people, people standing and indoor

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ