arrow

प्रदेश एक : स्थानीय तह सञ्चालनका लागी व्यवस्था गर्ने विधेयक पारित

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ वैशाख १२ बुधबार

विराटनगर। एक नम्वर प्रदेशको आज वसेको प्रदेश सभा वैठकले ‘नगरसभा र गाउँसभा सञ्चालनका लागी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। वैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रस्तुत गरेको सो विधेयकलाई सभामुख प्रदिपकुमार भण्डारीले निर्णायार्थ वैठकमा पेश गरेपछि विधेयक सर्वसम्मत रुपमा पारित भएको हो।

विधेयकको दफा १ देखि ६७ सम्म र नाम, प्रस्तावना, कार्य, अनुसूचिहरु विधेयकको अङ्ग बनोस भनेर निर्णायार्थ सभामुख भण्डारीले निर्णायार्थ वैठकमा पेश गरेका थिए। 

सो विधेयक वैशाख ९ गते संशदमा टेवुल गरिएको थियो। सो विधेयकको संद्धान्तिक पक्षका साथै व्याकरण, वाक्यांशलगायत देखिएका त्रुटीलाई सच्चयाउनुपर्ने सुझाव दिँदै एक दर्जनभन्दा बढी प्रदेशसभाका सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए। प्रदेश सभाको अर्को वैठक भोलि १ बजे बस्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ