arrow

छोरी शिक्षीत भएमात्र समाज र राष्ट्र समृद्ध हुन्छ : मुख्यमन्त्रि राउत

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
cm-raught-edu.jpg

वीरगन्ज। प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउत गद्दीले शिक्षीत समाजले नै समृद्धी हासिल गर्ने भएकाले छोरासर्ह नै छोरीलाई शिक्षा दिन सबैमा अपिल गर्नु भएको छ। उनले छोरीलाई शिक्षीत बनाए समाज बलियो हुँने भएकाले प्रदेश सरकारले सुरु गरेको “बेटि पढाई, बेटि बचाई” अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे।

छोरी शिक्षीत भएपछि मात्र समाज र राष्ट्र समृद्ध हुने भएकाले राष्ट्रलाई समृद्ध बनाउन छोरीहरुलाई शिक्षत बनाउनु आवश्यकरहको मुख्यमन्त्रि गद्दीले विचार व्यक्त गरे। 

समाजिक विकास मन्त्रालय प्रदेश नं.२ जनकपुर र वीरगन्ज महानगरपालिका बिहिबार  वीरगन्जको नगवामा आयोजना गरेको “विद्यार्थी भर्ना,पाठ्य पुस्तक तथा पाठ्य समाग्रि वितरण” कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि गद्दीले छोरीलाई शिक्षीत बनाए दुई घरमात्र नभई पुरै समाज शिक्षीत हुँने धारणा व्यक्त गरे। उनले छोरी शिक्षीत भएपछि जातियविभेद, छुवाछुत, दाइजो प्रर्था, बोक्सीको आरोप जस्ता समाजितक कुरुती अन्त्य गर्न मद्दत पुग्ने विश्वा व्यक्त गर्नु।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा आयोजना गरिको विद्यार्थी भर्ना कार्यक्रममा दुई दलित बालिकाको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्रि गद्दीले छोरीलाई शिक्षीत बनाउन प्रदेश सकारले संचालन गरेको अभियान अन्तरगत दलिनत परिवारमा जन्मिएका छोरीको जिवनविमा देखी निःशुल्क अध्ययनको व्यवस्था प्रदेश सरकारले गर्ने र त्यसकालागि निती निर्माण गर्न प्रदेश सकरार लागि परेको जानकारी दिए। उनले तराईका जिल्लामा छोरी ८-९ कक्षासम्म पुगेपछि पढाई छुट्याई विवाह गर्ने परिपाटिलाई अन्त्य गर्न र शिक्षा प्रति छोरी तथा उनका अभिभावकलाई उत्प्रेरित गर्न कक्षा ९ र १० मा अध्ययन गर्ने गरिव, जेहेन्दार तथा दलित परिवारका छोरीलाई साइकल वितरण गर्ने योजना प्रदेश सरकारले बनाएको बताए।  

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले नौं दलित बालिकाको अभिभावकत्व ग्रहण गरेका थिए। नगरप्रमुख सरावगीले अभिभावकत्व ग्रहण गरेका वालिकाहरुको  कक्षा १० सम्मको सबै खर्च व्यवरिने  कार्यक्रममा जानकारी दिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले छोरालाई निजी विद्यलायमा र छोरीलाई सामुदायिक विद्यलायमा बढाउने विभेदलाई अन्त्य गर्न महानगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यलायलाई अन्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने गराउने तयारीमा महानगरपालिका लागेको जानकारी दिए। उनले महानगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यायलमा यसै शिक्षा सत्रदेखी कक्षा एकमा अन्ग्रेजी माध्यमबाट पढाई सुरगरिएको र यसकालागि पाठ्क्रमहरु समेत बालबालिकालाई वितरण गर्ने कार्य सुरु भएको बताए।

नगरप्रमुख सरावगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश २ की प्रदेश सभा सदस्य करिमा बेगम, वरिष्ठ उद्योगपति एव्म समाजसेवी जगदिश अग्रवाल, नेरामावि नगवाका प्रधान अध्यापक घनश्याम मिश्रलयागतका वक्ताहरुले भर्ना अभियानको सफलता बालबालिकाको विद्यलायमा स्थायित्वसंग गासिएकाले विद्यभालय बाहिनीले कारणको खोजी गरी त्यसको सम्बोधन तर्फ सरकारको ध्यान जान जरुरी रहेको धारण व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ