यू–१९ विश्वकप क्वार्टरफाइन : नेपाल बंगलादेशसंग ६ विकेटले पराजित
प्रकाशित २०७२ माघ २२ शुक्रबार
1k
Shares
काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा नेपाल पराजित भएको छ । १५ वर्षपछी क्वार्टरफाइनलमा पुगेको नेपाल टेष्ट मान्यता प्राप्त बंगलादेशसंग ६ विकेटले पराजित भएको हो । २ सय १२ रनको मध्यम चुनौती पछ्याएको बंगलादेशले ४८ ओभर २ बलमा ४ विकेट पुमाएर पुरा गरेको हो ।
बंगलादेशका लागि कप्तान मेहेदी सहसन मिराज र विकेट किपर जाकिर हसनले उत्कृष्ठ पारी खेले । जाकिरले अविजित ७५ रन बनाए भने मेहेदीले ५५ रनको योगदान दिए । शेर बंगला नेशनल स्टेडियम मिरपुरमा भएकाे क्वार्टरफाइनलमा नेपालले बंगलादेशसामु २ सय १२ रनको रनको चुनौती पेश गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायाे । टस जितेर पहिले व्याटिङ राजेको नेपालका लागि कप्तान राजु रिजालले ७२ रन बनाए ।
बंगलादेशको २ सय रन पुरा । नेपाल हार नजिक 15:49:41
बङ्गलादेशलाई १८ बलमा १७ रनको आवश्यकता 15:48:20
१७ बल बाँकी । बंंगलादेशलाई १५ रन आवश्यक । 15:47:55
२१ वलमा २० रन बनाउनु पर्ने । नेपाली बलर दबाबमा । 15:43:06
जाकिर हसनले अर्ध शतक बनाए । नेपालको सुन्दर क्याच फुत्कियो 15:35:05
नेपाली बलर दबाबमा । 15:30:51
बङ्गलादेशको पाचौ विकेटको लागि ५० रनको साझेदारी पुरा भएको छ 15:21:45
ङ्गलादेशको पाचौ विकेटको लागि ५० रनको साझेदारी पुरा भएको छ । 15:20:50
३९ ओभरमा १ सय ४१ रन । नेपाली बलिङ कसिलो बन्दै । 15:13:46
३३ ओभरमा १ सय १९ रन । ४ विकेट पतन 14:46:42
नेपाली बलरले हाल सम्म अरिरिक्त रन दिएका छैनन् । 14:34:52
२९ ओभरमा बंगलादेशको १०० रन क्रस । 14:32:11
बंगलादेशको चार विकेट पतनपछी । नेपाली खेलाडी हौसिए । 14:31:25
नेपाललाई चौथो सफलता । जोयराज आउट । धमलाले व्यत्तिगत दोस्रो विकेट लिए । 14:29:25
नेपाल सुन्दर क्याच गर्न चुकेको छ । 14:28:05
खतरनाक सान्टो आउट भएपछी नेपाको आश बढेपनि नेपाली बलरले टिकिरहेका जोयराजलाई आउट गर्न सकेका छैनन् । 14:26:51
नेपाललाई तेस्रो सफलता । बङ्गलादेशका खतरनाक व्याट्सम्यान नजमुल सान्टोलाई लामिछानेले कट एण्ड क्याच गरे। 14:11:46
सान्टो आउट । नेपालको जित सम्भावना बढ्यो । 14:08:32
नेपाललाई दोस्रो सफलता बङ्गलादेशका पिनक रन आउट भए। 13:57:37
बङ्गलादेशको ५० रन पुरा १५.३ ओभरमा बङ्गलादेश ५० रन बनाउदै १ विकेट गुमाएको छ। 13:46:56
सुशील कंडेलको बलिङमा स्कोर बढ्यो । 13:29:50
रन रेट ४.२ पुग्यो । सुरुवातमा २.३ को स्थितिमा थियो । 13:19:05
९ ओभर सकियो । १ विकेटको क्षतिमा बंगलादेश २० रनको स्थितिमा । 13:18:24
नेपालको फिल्डिङ चुस्त बनेको छ । यसअघि भारत विरुद्धको खेलमा नेपाली फिल्डिङ कमजोर देखिएको थियो । 13:16:55
नेपाललाई बलिङ सफलता । १ विकेट हासिल । सुनील धमलाले विकेट चट्काए । 13:08:25
नेपाललाई बलिङ सफलता । १ विकेट हासिल । सुनील धमलाले विकेट चट्काए । 13:08:06