arrow

नेपाल आइडल सिजन टु पोखरा अडिसनको तयारी पुरा

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
nepal-idol1.png

पोखरा। नेपाल आइडल सिजन टु को पोखरा अडिसनको तयारी पुरा भएको छ। पोखराको जनप्रीय माबी परिसरमा शुक्राबार  पहिलो चरणको छनौट हुने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

प्रतियोगीतामा भाग लिन चाहाने ब्यत्ति नेपाली नागरीकता भएका १६देखि ३० बर्ष भित्रका हुनु पर्ने साथै सागीतीक एल्बमका लागि गीत रेर्कड गरिसकेका ब्यबसायीक गायक गायीका ले समेत भाग लिन पाउने आइडलका प्रोजेक्ट हेड तथा डाइरेक्टर सुरेश पौडेलले जानकारी दिए। 

पोखरा अडिसन शुक्रबार जनप्रीय माबीमा बिहान ८ बजे देखी  ४ बजेसम्म जारी रहने  बताइएको छ। प्रतियोगीतामा भाग लिन चाहानाले अन्नपुर्ण पोष्टमा छापिएको फर्म वा अडिसन स्थलमा पाइने फर्म भरेर बुझाउने ब्यबस्था गरिएको आयोजक ले जनाएको छ। यस  अघि भैरहवा धनगढी बिरगंज, हेटौडा र धरानमा अडिसन सम्पन्न भइसकेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ