- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउनेजस्ता संस्कारहरु नगराउन निर्देशन दिएका छन् ।
मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न÷नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलमार्फत निर्देशन दिएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।