प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य : प्रमुख कायस्थ
प्रकाशित २०७५ वैशाख १५ शनिबार
498
Shares
महेन्द्रनगर । प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिवार प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
उनले प्रदेश सरकारबाट हुने कमीकमजोरीलाई बेलाबेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आ–आफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको संरक्षण गरी अगाडि बढ्न सकेमा देश समृद्ध हुने बताए । दुई दिनसम्म चल्ने सो कार्यक्रममा अधिकांशले प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको खाँचो रहेको औँल्याएका थिए । रासस