arrow

कांग्रेसले टुङ्ग्यायो संसदीय दलको नेता

प्रदेश ४ मा कृष्णचन्द्र नेपाली

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ वैशाख १५ शनिबार
krishnachandra-nepali.jpg

स्याङ्जा । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली छनोट भएका छन् ।  निर्वाचन सम्पन्न भएको पाँच महिनापछि कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेतामा नेपालीलाई चयन गरेको हो । नेपाली पूर्वी नवलपरासीबाट प्रदेशसभामा निर्वाचित  भएका हुन् । कांग्रेस ससदीय दलको नेतामा नेपाली सहित बागलुङका मणिभद्र शर्मा कँडेल र कास्कीका विन्दुकुमार थापाको दाबी रहेको थियो ।

७३ वर्षीय नेपाली नवलपरासी कांग्रेसमा १६ वर्षसम्म लगातार जिल्ला सभापति भइसकेका छन् । पार्टीको अघिल्लो समितिमा उनी केन्द्रीय सदस्य थिए । ‘प्रदेशसभामा हामी कांग्रेसका १५ सांसदमध्ये सबैभन्दा वरिष्ठ र प्रभावशाली रहेका कारण उनलाई नेतामा छनोट गरिएको हो, सांसद भागवतप्रकाश मल्लले भने । प्रदेशसभामा पार्टीका प्रत्यक्षतर्फ निर्वाचित ६ र समानुपातिकतर्फ  सांसद छन् ।

जेष्ठता र पार्टी राजनीतिमा प्रभावशाली मानिने भन्दै नेपालीको पक्षमा अर्का दाबेदार कँडेलले समर्थन जनाएपछि उनी विपक्षी दलको नेता बन्ने पक्का भएको हो । तनहुँमा जन्मिएका नेपाली विगत ४) वर्षदेखि नवलपरासीको राजनीतिमा सक्रिय छन् । उनी दुई पटक ससदीय निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । यसै गरी संसदीयदलको उप नेतामा मेखलाल श्रेष्ठ चयन भएका छन् । यसै गरी प्रमुख सचेतकमा मणिभद्र शर्मा र सचेतकमा ओमकला गौतम चयन भएका छन् ।

प्रदेश नम्वर ४ को नेपाली काँग्रेस संसदीय बैठकले लेखा संयोजक कुमार खड्का लाई चयन गरेको संसदीयदलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए । प्रतिपक्षको भुमिका खेलेको नेपाली काँग्रेसले लामो समयपछि मात्रै संसदीयदल सहित सबै पदको टुङ्गो लगाएको छ । यसले गर्दा आगामी दिनमा काँग्रेसलाई प्रदेश ४ को संसदको बैठकमा विषय उठानमा सहजता मिल्ने बताईएको छ । कांग्रेसले अन्य पाँचवटा प्रदेशमा संसदीय दलको नेता चयन गरिसके पनि पार्टी महामन्त्रीको प्रदेश ४ र सभापति शेरबहादुर देउवाको प्रदेश ७ मा ढिलाइ भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ