arrow

राष्ट्रिय गीति एल्बम 'सजग'मा एक सच्चा नेपाली 'धुर्मुस' (भिडियोसहित)

देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Dhurmus.jpg.jpeg
काठमाडौ ।  हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पिडामा रहेका नेपालीको लागि   नमुना बस्ती , न्यानो बाँड्न  मुसहर बस्ती पुग्ने गरेका छन् । सडक सफाइमा लागेका यी जोडिको देश प्रेमको भाव निकै बढेको देख्न पाइन्छ । यसै क्रममा धुर्मुसले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् । 
 
सच्चा नेपालीको रुपमा देखिएका  सिताराम कट्टेलले  नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेका छन् । गीतमा आफ्नो वास्तवीक भावना पनि जोडीएकाले म्युजीक भडियोमा आफैँले अभिनय गरेको कट्टेलको भनाई छ । गीतमा स्वरुपराज आचार्यको स्वर छ भने बसन्त सापकोटाको संगीत छ । गीतलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ