arrow

नेपाल बारमा चुनावी सरगर्मी , उमेद्धार छनोट प्रक्रिया सुरु

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
nepal-bar.jpg.jpeg
काठमाण्डौं ।  कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोशिएसनको २४ औं कार्यसमितिको निर्वाचनका लागि उमेद्धार छनोट प्रक्रिया सुरु भएको छ । यहि चैत्र ६ गते हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि नेकपा एमाले र एमाओवादी निकट कानुन व्यवसायीहरुको संयुक्त प्यानल र कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्राट्रिक लयर्स एशोशिएसनको प्यानल चुनावी मैदानमा उत्रिने निश्चित भएको छ ।
 
तीन बर्षसम्म कार्यकाल रहने नेपाल बार एशोशिएसनको हरेक कार्यसमितिको निर्वाचन पुषको अन्तिम शनिवार नियमित प्रक्रिया अनुसार हुदै आएकोमा यसपटक बारको ईतिहासमानै पहिलोपटक बिषेश परिस्थिति जनाइ कार्यकारणी समितिले दुई महिनाका लागी म्याद थप गरेको थियो । कार्यसमितिको चुनावका लागि दुबै प्यानलबाट उमेद्धारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उमेद्धार छनोटका लागि डिएलएको तर्फबाट बरिष्ठ अधिवक्ता बिनोद शाहको नेतृत्वमा १३ सदस्य समिति निमार्ण गरिएको डिएलएले जनाएको छ ।
 
बारको कार्यसमितिमा अध्यक्ष र महासचिव निकै महत्व पुर्ण पद मानिने गरेको छ । डेमोक्राट्रिक लयर्स एशोशिएसनका तर्फबाट अध्यक्षका लागि शेर बहादुर केसि, माधव बास्कोटा र रामप्रसाद श्रेष्ठ बिचमा प्रतिष्पर्धा भएपनि केसिले नै टिकट पाउने बलियो आधार रहेको डेमोक्राट्रिक लयर्स एशोशिएसन स्रोतले बताएको छ । त्यस्तै महासचिवका लागि केदार कार्की, खम्ब खाति, लिलामणी पौड्याल, शान्त्ता सेढाई र मोति गौतमको नाम चर्चामा रहेता पनि अध्यक्षमा केसिले टिकट पाए महासचिवमा केदार कार्कीको सम्भावना बलियो रहेको पनि उच्च स्रोतले प्रष्ट्याएको छ ।
 
दुई भागमा बिभाजित डिएलए नेपाल बारकै निर्वाचनलाई मध्यनजर राख्दै एक ढिक्का भएकाले समिकरण मिलाउनका लागि भएपनि केसि र कार्कीलाई टिकट दिन लागिएको स्रोतको दावी छ । त्यस्तै नेकपा एमाले र एमाओवादी निकट कानुन व्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षका लागि रमन श्रेष्ठ र बिजय कान्त मैनालिको नाम चर्चामा रहेता पनि कानुन व्यवसायी भित्र एमालेको संगठन बलियो र प्रभावकारी भएकाले एमाले निकट मानिने प्रगतिसिल कानुन व्यवसायीका तर्फबाट अघि सारिएका उमेद्धार बिजयकान्त मैनालिले टिकट पाउने बलियो सम्भावना देखिन्छ । त्यस्तै महासचिवका लागि हरि फुयाल, दिलमणी पोखरेल, श्यामजी प्रधान र केदार गुरागाइको नाम चर्चामा रहेता पनि मैनालिले टिकट पाएको अवस्थामा पोखरेल या प्रधानले महासचिवको टिकट पाउने सम्भावना बलियो रहेको स्रोतले जनाएको छ ।  
 
२०१३ सालमा स्थापना भएको नेपाल बारको पहिलो अध्यक्ष देबनाथ प्रशाद बर्मालाई मानिन्छ । सुवास नेम्वाङ सम्भु थापा लगाएतकाले नेतृत्व गरेको नेपाल बार एशोशिएसन पेशागत संगठन मध्यको आकर्षण प्रभावकारी सशक्त र अग्रणी सस्थाका रुपमा चिनिदै आएकाले नेपाल बार एशोशिएसनको चुनावले निकै महत्व पाउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ