arrow

संसदीय समितिका सभापतिले लिए शपथ

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
pradesh-4_(2).jpg

पोखरा । प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आइतवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक-एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा नेकपा माओवादी केन्द्रका दीपक कोइराला र प्रदेश मामिला समितिमा जनमोर्चाका कृष्ण थापा निर्विरोध बनेका हुन् ।  

चारवटै समितिका सभापतिलाई आइतवार सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ