arrow

दृष्टि आँखा केन्द्र दोस्रो वर्षमा

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
Drishti-Eye-Care-CenterKalanki-1024x878.jpg

काठमाडौं । दृष्टि आँखा केन्द्रले सेवा सञ्चालन गरेको एक बर्ष पूरा गरेको छ । सबैको लागि दृष्टि, सधैकोलागि दृष्टि को लक्ष्यका साथ स्थापित दृष्टि आइ केयर सिस्टम अन्तर्गतको केन्द्रले  गुणस्तरिय अन्तराष्ट्रिय स्तरको सेवा दिंदै आएको छ ।  अस्पतालले एक बर्षको अवधिमा १८ हजार ५ सय जनालाई अस्पतालमा सेवा दिएको छ भने । ३ हजार १ सय जनालाई निशुल्क आँखाशिविर मार्फत सेवा प्रदान गरिसकेको छ ।


दृष्टि आइ केयर सिस्टममा प्रमुखकार्यकारी निर्देशक डा.भाइराजा श्रेष्ठका अनुसार  आँखा उपचारमा नागरिकको सहज पहुँचका लागि अस्पताले नेपालमै पहिलो पटक सार्वजनीक निजि साझेदारी अन्तरगत टोखानगरपालिका र दृष्टि आँखा केन्द्रको साझेदारीमा टोखानगरपालिका वडा नं ३ को कार्यालयसँगै दृष्टि आँखा केन्द्र टोखा शाखाको सुरुवात गरेको छ । यसले टोखानगरपालिका र आसपास क्षेत्रका समुदायलाई सहज सेवाप्रदानगर्दै आएको छ ।

आँखा जचाऔ स्कुल जाऔ अभियानलाई सफलबनाउन एनव्याब्सन अन्तर्गतका सम्पूर्ण विद्यालयका विद्यार्थीको आँखा परिक्षण कार्य आरम्भ गरि सकिएको छ । विभिन्न खेलमा आबद्घ भएर राष्ट्रिय स्तरमा पुगेका खेलाडीहरुको आखा परिक्षण गरिनुका साथै राष्ट्रिय खेलकूद परिषद अन्तरगतका सम्पूर्ण खेलाडी र पदाधिकारीलाई समेत बिशेष सेवा प्रदान गर्नेगरी परिषदसँग सम्झौताको चरणमा पुगेको छ ।

दुर्घटना लगायत विभिन्न कारणले आँखा गुमाउन पुगेकाहरुलाई लक्षित गरेर दृष्टि आखा केन्द्रले पूर्ण कृत्रिम आँखाको सुरुवात गरेको छ । सोबाट आँखा गुमाउने व्यक्तिको सुन्दरताका  साथै व्यक्तित्व जोगाउनमा समेत मद्दत गरेको छ । साथै सनराइज बैकसँग “हामी सँग सँगै” भन्ने नाराका साथ स्वास्थ्यविमा योजना अन्तरगत सहकार्य गर्ने सम्झौता भएको छ। यो सहकार्यले सनराइज बैकमा खाता रहेका वा शेयरधनीले दृष्टि आँखा केन्द्रको कुनै पनि शाखामा ओपिडी सेवा लगाएतका सेवामा विशेष छुट पाउनुका साथै स्वास्थ्य विमाबाट लाभान्वित हुने छन् ।

आँखा उपचारबाट बञ्चित भएकालाई लक्षित गरेर दृष्टि आँखा केन्द्रले निकट देखि विकट सम्म निशुल्क स्वास्थ शिविर संचालन गरेको छ ।केन्द्रले पाँचबर्ष मुनिका बालबालिकाको निशुल्क आँखा परिक्षणको अभियानलाई निरन्तरता दिएको छ । यसका साथै अस्पतालले यस बर्ष देखि प्रत्येक महिनालाई आँखा सँगसम्बन्धीत विभिन्न रोगका बारेमा जनचेतना फैलाउने महिनाको रुपमा मनाउने घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ