arrow

काम गरेर देखाउन केपी ओलीलाई मिनेन्द्र रिजालको सुझाब

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
migendra-risal.jpg

बुटवल। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्रीको भारत भ्रमण ब्यक्तिगत स्वार्थको लागी हुनु नहुने बताएका छन्। उनले समग्र देशको बिकासको लागी भ्रमण गर्नुपर्ने बताए। रिपोर्टर्स क्लव प्रदेश न ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले बाम सरकार तानाशाही बन्ने कोशिषमा लागेको टीप्पणी समेत गरे।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले आफु मात्र ठिक छु भन्ने घमण्ड रहेको उनले बताए। उनले भने – ‘अहिले त संयम हुने बेला हो , सरकारले अहंकार गर्ने होइन जनताका प्रति कर्तब्य निर्बाह गर्नुस्।’

अहिले काम गर्ने बेला भएको बताउँदै मन्त्री रिजालले  सरकारको मुल्यांकन जनताले गर्ने भन्दै उनले काम गरेर देखाउन आग्रह गरे। प्रधानमन्त्रीले जहा जांदा पनि मै ठिक छु,बाधा गर्नेलाइ सहन्न ,भन्ने गरेको भन्दै उनले सरकारले धम्काउदै तर्साउदै हिडेको बताए। सरकारका गतिबिधि लोकतन्त्र बिरोध भएको उनको दाबि छ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले पार्टि भित्र झजडा गर्ने परिपाटि अन्त्य गर्नुपर्ने बताए। उनले भने –‘ जनताको मत राम्रो पाएका छौं तर सरकारमा छैनौं ,उपस्थित पातलो छ ,पातिलएको पक्षिपक्षले घरमा कलह नगरौं।’

आक्रोश र चुनौतीलाइ सहज बनाउन सहमतिका साथ अघि बढ्न कांग्रेस नेतृत्वलाइ उनको आग्रह छ। कुलिङ अफ पिरियड सेलाउने अबधि पछि कांग्रेको समीक्षा जरुरी रहेको उनको भनाइ छ। कांग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेस कांग्रेज जस्तै हुन्छ
मन्त्री रिजालले अबको कांग्रेस कांग्रेस जस्तै हुने बताउँदै कांग्रोस अझै बलियो हुनु आवश्यक रहेकोमा जोड दिए। कांग्रेसमा पदाधिकारी नियुक्तीका बेला छलफल गरेर जान देउवालाइ रिजालको सुझाब छ।

‘एकलौटी निर्णय भए मान्य हुदैन,सहमतिका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ ’—उनले भने। उनले पत्रकारले कांग्रेसको मात्रै खेदो खनेको भन्दै सरकारको पनि आलोचना गरेर राम्रो सकारात्मक भूमिका खेल्न आग्रह गरे।

नेपालको सम्बन्ध भारत र चीनसंग सम्बन्ध राम्रो हुनुपर्ने भन्दै उनले उनीहरुसंग सम्बन्ध बिगारे नेपालले मात्रै दुख पाउने धारणा राखे। ‘दुनियामा सबैले चिनेका देशका बिचमा हामीछौं,सम्बन्ध राम्रो नभए दुख यीनीले पाउदैनन्, हामीले पाउछौं।’ ‘भारत बिरोधको नाममा भोट पाउनुभयो होला तर अहिले साख्खै बन्नुभाछ ,जनताले मुल्यांकन गर्नेछन्। ’

हाम्रो दुबैतिर ठूला घरछन् र बिचको सानो घरको धुरीमा बसेर चिच्चाउदैमा आफ्नो घर ठूलो हुदैन उनले प्रधानमन्त्रीलाइ ब्यङग्यंय गरे। सोहि अबसरमा क्लवले देबदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र लुम्बिनी बौद्ध बिश्वबिद्यालयबाट दिक्षीत पत्रकार लक्ष्मण पोखरेललाइ सम्मान गरेको छ।

कार्यक्रम क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ