arrow

नेपालमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता हुने

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
bufflow.jpeg

काठमाडौं । सुनसरीको ईटहरीमा भैसी सुन्दरी प्रतियोगिता हुने भएको छ । बाताबरण तथा पर्याबरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजन गर्न लागेको हो । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा इटहरी र यस वरपरका भैसी पालक किसानहरुका स्वस्थ भैसी प्रतियोगितामा समावेश गरिने तयारी भएको आयोजक संस्थाकाले जनाएको छ ।

पशु सम्वन्धि चिकित्सकहरुको स्वास्थ्य जाँच एवम निरीक्षण अवलोकनपछि स्वस्थ भए वा नभएको निर्णयका आधारमा प्रतियोगितामा पहिलो घोषित हुने भैसीलाई ११ हजार नगद सहित अन्य पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुने भैसीलाई ९ हजार तेस्रो हुने भैसीलाई ५ हजार र चौथो दहुने भैसीलाई ३ हजार ५ सय रुपियाँ नगद प्रदान गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ