arrow

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौँ । राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ ।  प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमका बारेमा जानकारी गराइन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसद्को द्वितीय अधिवेशन यही वैशाख २३ गतेका लागि आह्वान गरेकि छन् । उक्त अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक वैशाख २३ गते अपराह्न ४ बजे प्रारम्भ हुने र बैठकमा अधिवेशन अघि जारी अध्यादेश प्रस्तुत हुने उनले बताए ।

सभामुख महराले वैशाख २४ देखि २६ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि सिद्धान्त र प्राथमिकतामाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश स्वीकृत गरिने जानकारी गराए ।

वैशाख २६ गतेदेखि तीन दिनसम्म (प्रि बजेट) विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र सभामा छलफल गर्ने जानकारी गराउँदै उनले भने, “जेठ १५ गते संविधानबमोजिम राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने, जेठ १७ गते बजेटमाथि सैद्धान्तिक छलफल गर्ने, अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।”

संसद्मा जेठको अन्तिम सातादेखि असारको तेस्रो सातासम्म विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने र विनियोजन तथा उक्त विधेयकसँग आश्रित अन्य विधयेक पारित गरिने छ ।

असारको अन्तिम सातादेखि सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल गर्ने र दर्ता हुन आएका सार्वजनिक महत्वका प्रस्ताव, संकल्पलगायतका प्रस्तावमाथि छलफल हुने सभामुख महराले बताउनुभयो ।

नवनियुक्त सचिव फुयाँल र योगीद्वारा शपथ

यसैगरी राष्ट्रियसभाका नवनियुक्त सचिव राजेन्द्र फुयाँल र प्रतिनिधिसभाका नवनियुक्त सचिव गोपालनाथ योगीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

संघीय संसद् सचिवालयमा आज एक समारोहकाबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिव फुयाँललाई र सभामुख कृष्णबहादुर महराले सचिव योगीलाई शपथ दिलाए  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको सिफारिशमा फुयाँललाई र सभामुख महराको सिफारिशमा योगीलाई सचिवमा नियुक्ति गरेका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ