arrow

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्छ : मुख्यमन्त्री राई

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
sher-dhan.JPG

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन् ।  

विराटनगर– १० मा कोषको नवनिर्मित भवन शुक्रवार उद्घाटन गर्दै उनले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताए । कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले तथा कोषका शाखा शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमलगायतले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिए ।

दश कठ्ठा जमिनमा भित्र रु दुई करोड ८६ लाख ५२ हजार १६६को लागतमा निर्मित अपाङ्ग र सूचना प्रविधिमैत्री उक्त दुई तल्ले भवन निर्माण गरिएको हो । कोषले यस क्षेत्रका ८० हजार कर्मचारीलाई सेवा प्रदान गरिरहेको छ ।     रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ