काठमाडौं ।लामो समयपछि सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्प विनाशकारी गोरखा भूकम्पकै परकम्प थियो । पुस २७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
पुस २६ मा सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो ।१० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन ।
‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२९ परकम्प गइसकेका छन् ।