arrow

भूकम्प अपडेट: एक दर्जन बढी घाइते ( भिडियो सहित)

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
earthquake-1.jpg.jpeg
काठमाडौ। भूकम्प गएस‌गै आतिएर भाग्दा काठमाडौंका विभिन्न क्षेत्रमा एक दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको विवरण आइरहेको हुदाँ घाइतेको स‌ंख्या केही बढने प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलै धक्का गएपछि काठमाडौंका सर्वसाधारण घरबाहिर सडक र खुल्ला ठाउँमा जम्मा भएका हुन् ।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु तार्केघ्याड केन्द्र बनाएर ५.५ रेक्टरस्केलको भूकम्प केन्द्रबिन्दु बनाएर अर्को परकम्प गएको हो । उहाँले आजको भूकम्प नयाँ नभएको बताउनुभयो । रातको समयमा भूकम्प आएका कारण नागरिक भने डर र त्रासका कारण सडकमा निस्किएका छन् । गोरखा भूकम्पपछि हालसम्म ४२८ वटा चार रिक्टर स्केलमाथिका परकम्प गएका छन्।
 
भिडियो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ