धार्दिङ। नेपाली काँग्रेस धादिङको क्षेत्र नं २ र ३ मा संस्थापन पक्ष विजयी भएको छ। क्षेत्रीय कार्य समितिमा देवी प्रसाद कोइरालाको प्यानल नै विजयी भएको छ। त्यसै गरी ११ महाधिवेशन प्रतिनिधिमा ८ वटा संस्थापन पक्षका उमेद्वारले जितेका छन्। त्यसै गरी जिल्ला कार्यसमितिको लागि भएको ७ सदस्यीय कार्य समितिमा सबै संस्थापन पक्षले विजयी प्राप्त गरेको छ। संस्थापन पक्षलाई रामनाथ अधिकारीले नेतृत्व गरिरहेका छन् भने अर्को समूहको नेतृत्व भीमप्रसाद ढुंगानाले गरेका छन्।
यसैगरि नेपाली काँग्रेस धार्दिङ क्षेत्र नम्वर ३का निवर्तमान सचिव कृष्ण रिजाल धार्दिङ ३का क्षेत्रिय सभापतिमा निर्वाचित भएका छन्। रिजाल नेपाली काँग्रेसका नेता गगन थापा संयोजन गरेको पत्रका विचार विशेष सम्पादक तथा नेपाल प्रेस युनियनका पार्सद हुन। उनी युवा नेताहरुमा एक बिद्धानका रुपमा परिचित छन्।