arrow

काठमाडौं काँग्रेस क्षेत्र नम्वर ४को सभापतिमा राजु श्रेष्ठ बिजयी

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
raju-shrestha.jpg.jpeg
काठमाडौं। माघ २२ गते भएको नेपाली काँग्रेस काठमाडौ ४ को क्षेत्रीय अधिवेशनको परिणाम आएको छ। २२ गते राती प्राप्त मत परिणाम अनुसार राजु श्रेष्ठले ५४ मत पाएर बिजयी भएका छन भने काठमाडौं ४ मा निवर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले ५० मत पाएका छन्। यसअघी पनि राजु श्रेष्ठ र न्हुच्छेनारायण श्रेष्ठ बीचमा प्रतिष्पर्धा भएको थियो। 
 
राजु श्रेष्ठलाई यसै क्षेत्रमा घर भएका काँग्रेस बरिष्ठ नेता शेर बहादुर देउवाले यसअघीको झै समर्थन जनाएका थिए। श्रेष्ठलाई काँग्रेस महामन्त्री प्रकाशमान सिंहको पनि साथ थियो। यसपटक पनि पुरानो समिकरण दोहोरिने देखिएको थियो। 
 
काठमाडौं ४ मा निवर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठलाई भने गगन थापा लगायतको समर्थन थियो। हालको बुढानिलकण्ठ नगरपालिका तथा साविकको चुनिखेलका न्हुच्छेनारायण श्रेष्ठ र साविकको महाँकाल गाविसका राजु श्रेष्ठको जनाधार एउटै क्षेत्र हो। तर पार्टी भित्रको समिकरणमा देउवा निकटहरुको समर्थन राजुलाई र गगन थापा एवं उनी निकटहरुको समर्थन न्हुच्छेनारायण श्रेष्ठलाई रहेको थियो। 
 
संस्थापन पक्षधरका अर्का कामपा ७ चाहविलका उमेेद्वार विनोद बाबु श्रेष्ठ समेत उमेद्वार भएपछि त्यहाँ चुनावी समिकरण बदलिएको थियो। ११२ मत रहेको क्षेत्र नम्वर ४मा सबै मत खसेको थियो। राजुले ५४ न्हुच्छेले ५० र विनोदले बाँकी मत पाएका थिए। संस्थापन पक्षका केहि मत राजुलाई समेत गएपछि उनले ४ मतले विजयी भएका थिए। 
 
क्षेत्रीय समितिमा भने संस्थापन पक्षको पुरै प्यालन विजयी भएको छ। महाधिवेशनमा भने क्षेत्रीय सभापति सहित ४ जना बरिष्ठ नेता देउवा पक्षधर र बाँकी ७ जना संस्थापन पक्षधर रहेको बताइएको छ। 



नयाँ