- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दक्षिण कोरिया । नेपाली कांग्रेसको अन्र्तराष्टिय भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरियाको पाँचौ अधिबेशन बैशाख २३ अर्थात मे ६ आइतबारबाट हुदैछ । अधिबेशनको तयारीको लागी गएको अप्रिल २२ मा कोरियाका ८ क्षेत्रको एकै दिन क्षेत्रिय अधिबेशन सम्पन्न भैसकेका छन । नेपाली काग्रेसका प्रभाबशाली युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाबाट अधिबेशनको उद्घाटन गरिने छ । अधिबेशनको लागी गगन थापा लगाएतको टोली शनिबार कोरिया पुगेको जनसम्पर्क समिति कोरियाका सभापति गिरीराज कुवरले बताए । सबै तयारी विगतको भन्दा अलि फरक छ हामीले मिनि महोत्सव जस्तै गरी अधिबेशन गदै छौ सभापति कुवरले भने ।
“सहमति र सहकार्य राष्ट्रीय एकता आजको आवश्यकता,संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान कार्यन्वयनमा जनसम्पर्क समिति कोरियाको प्रतिबद्धता” भन्ने नारा सहित सम्पन्न हुन गैरहेको अधिबेनशमा नेपालबाट गगन थापासगै नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव , नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व नेविसंघ अध्यक्ष गोविन्द भट्टराई, कांग्रेस नेता तथा महासमिति सदस्य पेमा सिद्धी लामा ,प्रोफेसर खगेन्द्र अधिकारी लगायतका नेताहरु पनि कोरिया पुगेको अधिबेशन प्रचार प्रसार प्रमुख तथा जन सम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री जीतेन्द्रसिह महताले जानकारी दिए । कार्यक्रम राजधानी सौलस्थित जुङ्गु कुमिन ह्वेग्वान दोङ्देमुनमा हुने छ ।
आस्था विन्दु भर्सेज भजेन्द्र प्रतिष्पर्धा हुदै
अधिबेशनले यतिबेला नेपाली समुदाय समक्ष दक्षिण कोरिया निकै तातिएको छ । करिव तीन महीना अगाडीबाट नै प्रचार प्रसार एव अधिबेशनको माहोल तातिएको हो । विगतका बर्षहरु झै यस पटकको पाँचौ अधिबेशनमा पनि नयाँ नेतृत्व चयनका लागी निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुने पक्का पक्की जस्तै भएको छ । अधिबेशनमा आस्था विन्दु मल्ल र भजेन्द्र क्षेत्री आ आफनो समुह बनाएर चुनावी मैदानमा उत्रिदै छन ।
नेपाली काग्रेसका भातृ संगठनहरुको नेपालका अधिबेशन भन्दा निकै तामझाम र भब्य चुनावी प्रचार लिएको यो अधिबेशनमा मल्ल र क्षेत्री आफनो पक्षमा मत लिन दिन रात लागि रहेका छन । दुवैका सर्मथक तथा प्रतिनिधीहरु पनि चुनाव जित्नको लागी खटनपटनमा ब्यस्त छन । नेपालको जस्तो पौडेल पक्ष र देउवा पक्ष भनेर खासै नखुलेपनि दुवै तर्फ मिसमास मतहरु छन । राम्रोसँग टिम ब्यवस्थापन गर्न सकिएन भने हार्न सकिने तर्फ दुवै पक्ष सर्तक हुदै आन्तरिक ब्यवस्थापन गर्न ब्यस्त छन ।
आस्था विन्दुमल्लको समुहले मोटामोटी आफनो टिमको टुंगो लगाएको छ । मल्लको टिममा तीन जना उपसभापति मध्ये हालका महामन्त्री जितेन्द्र महता र सुभाष योगी लक्ष्मण दाहाल रहेका छन । त्यस्तै महामन्त्रीमा कमल बहादुर मगर ‘कुमार थापा’ को टुंगो लागेको छ । सहमहान्त्रीमा आस्था समुह बाट मित्रबन्धु काफले कोषाध्यक्षमा केपी चाैलागाइ टुंगो लागेको हो । अन्य केन्द्रीय सदस्यहरुको पनि टुंगो लगाएको गरेको उक्त समुहले बताएको छ ।
उता भजेन्द्र क्षेत्री पनि आन्तरिक ब्यवस्थापन ब्यवस्थीत बनाउदै चुनावी मैदानमा उत्रिने तयारीमा रहेको छ । भजेन्द्रको समुहबाट उपसभापतिमा नवराज वाग्ले,भिमराज चेम्जोङ र पुर्ण पौडेलको टुंगो लागेको स्रोतले बताएको छ । महामन्त्रीमा क्षेत्री समुह बाट गणेश तिमिलसिना, सहमहामन्त्रीमा राम प्रसाद उप्रेती र कोषाध्यक्षमा रुपा गुरुङ चुनावी मैदानमा आउदै छन ।
केन्द्रीय सदस्यहरु पनि मोटामोटी टुंगो लागेको बताइएको छ । सकभर सहमति बाटै नेतृत्व तयार गर्न पहल भैरहेनि सहमति नभए निर्वाचन बाट नेतृत्व चयन हुने निश्चित छ । क्षेत्री हालको कार्य समितिका उपसभापति भएकोले अध्यक्षको दावी गदै आएका छन भने आस्था यस अगाडी पनि झिनो मतले हालका अध्यक्ष कुवर सग पराजित भएको हुदा पुन अध्यक्षको लागी दावेदार बनेकी छिन ।