arrow

बजेट अधिवेशन हुँदै, के हुन्छ आइतबार ?

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन हुन लागेको हो । 

यो अधिवेशनलाई बजेट अधिवेशनका रुपमा लिइएको छ । सो क्रममा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । 

संसदले कानुन निर्माण गर्ने भए पनि सत्ता सञ्चालनका लागि बजेट अनिवार्य भएकाले यसलाई समेत संसदले पारित गर्नेछ । 

के हुन्छ त पहिलो दिन आइतबार संसदमा ? 

कानुनमन्त्री शेरबहादुर तामाङका अनुसार

–संसद् सचिवालयका अनुसार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने ।

–ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने ।

–संसदको नियमावली प्रस्तुत हुने ।

–संसदमा संशोधन प्रस्तुत हुने । 

–४ वटा अध्यादेश टेबुल गर्ने । 

–प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने ।

त्यसपछि ? 

–बैशाख २६ गते बुधबार बजेटबारे छलफल सुरु हुने ।

–सम्भवतः जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने । 

–जेठ १५ गते बजेट आउने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ