arrow

पूर्वसांसद भेटवालको निधनप्रति शोकप्रस्ताव पारित

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
jagrit_vetwal_news5303.jpg

काठमाडौँ ।  राष्ट्रियसभाको आइतवारको दोस्रो बैठकले जनप्रिय नेता जागृतप्रसाद भेटवालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २०४८ तथा २०५१ मा नेकपा (एमाले)को तर्फबाट चितवनबाट प्रतिनिधिसभामा निर्वाचित भेटवालको निधनप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

भेटवालको ६५ वर्षको उमेरमा गत चैत २१ गते निधन भएको थियो । एमाले केन्द्रीय लेखा आयोगको सदस्य, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरतरुपमा लागेका भेटवालको निधन भएकामा गहिरो शोक प्रकट गर्दछ– शोक प्रस्तावमा भनिएको छ ।

उनको आत्माको चीरशान्तिको कामना गर्दै सभाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बैठकले पूर्वसांसद भेटवालको स्मरण गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक सोमबार ११ बजे बस्नेछ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ