arrow

सिन्धु बहिरा विद्यालयको भवन उद्घाटन

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
sindhu-bahira-school.jpg

काठमाडौं । सरकारको पहिलो स्वीकृत प्राप्त सिन्धु बहिरा बिद्यालय बाह्रबिसेको भवन उद्घाटन गरिएको छ । २०५७ मा निर्माणाधिन भवन र छात्रबास ०७२ को भुकम्पले क्षति पुर्याएपछि अलपत्र परेको थियो । 

तर कम्युनिटी एक्सन नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा २०७३ कार्तिक १ बाट पुनर्निर्माण सुरु गरी अस्थायी सिकाइ केन्द्रबाट २०७४ मंसिर १३ गते नवनिर्मित छात्रबास भवनमा सरेको थियो । 

उक्त भवनको दातासंस्थाका प्रमुख कम्युनिटी एक्सन नेपाल यूकेका कार्यकारी निर्देशक डग स्कटको नेपाल भ्रमणको अवसर पारेर गत शनिबार उद्घाटन गरिएको हो । सो अवसरमा सिन्धुपाल्चोक जिल्लाका प्रजिअ अस्मान तामाङ्ग र जिल्ला शिक्षा प्रमुख गौरिशंकर पाण्डे पनि उपस्थित थिए । 

उक्त उद्घाटनका अवसरमा भुकम्प पश्चात् सहयोग पुर्याउने संघसंस्थाहरुलार्इ सम्मान र कदर पत्र प्रदान गरियो।

डग स्कट,कम्युनिटि एक्सन नेपालका तेजबहादुर तामाङ्ग, नेपाल युथफाउण्डेशनका जितेन्द्र थापा, सुनकोशी इन्द्रावती समाजका भुपेन्द्रबहादुर थापा र पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ऋषिराम पौडेललाई सम्मानपत्रसहित सम्मान गरियो । 

राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ, टुकी संघ सुनकोशी लगायतलार्इ कदर पत्र प्रदान गरियो। 

एक करोड पचासी लाखको लागतमा निर्माण सम्पन्न भएको भवन उदघाटन समारोहको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज श्रेष्ठले गरेका थिए । 

सम्य र भब्य कार्यक्रमको विद्यालय प्रअ मैना कार्कीले गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ