arrow

प्रदेशको नामांकन र स्थायी राजधानीको केन्द्र चाँडै टुंगाउने : मुख्यमन्त्री राई

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २४ सोमबार
sherdhan_rai.jpg

पाँचथर । मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ को नामांकन र स्थायी राजधानीको केन्द्र चाँडै टुंगाउने बताएका छन् । पाँचथरको फिदिममा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।  सहमतीकै आधारमा नामांकन र राजधानीको केन्द्र तोकिने उनले बताए ।

यस्तै संघियताको कार्यान्वयनलाई अघि बढाउन सवै लाग्नुपर्ने बताए । अहिले संघियता कार्यान्वयन गराउन नचाहाने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाए ।अहिले धेरै प्रदेशका कानुनहरु बनाउने तयारीमा रहेको बताउँदै चाँडै कानुनहरु निर्माण गरेर संघियताको अधिकारहरु जनतालाई दिलाउने बताए ।

जनताका कामहरु ढिलासुस्ती गर्ने प्रवृति तोड्ने उनको भनाई छ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नम्बर १ लाई समृद्ध बनाउने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ