arrow

यसरी बनिन् मेघन फेसनमा सबैभन्दा शक्तिशाली महिला

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
harry-meghan.JPG

एजेन्सी ।  बेलायतको राजपरिवारसँग सम्बन्ध जोड्न लागेकी अमेरिकी नायिका मेघन मर्कल कारबाट निस्किएसँगै विश्वव्यापीरुपमा एक किसिमको तरङ्ग पैदा हुन्छ । उनी जब आफ्नो रफ्तारमा हिँड्न थाल्छिन् तब फेसन ब्लगरहरु उनले लगाएको सबै कपडाहरुको पहिचान गर्न थाल्छन् । उनले लगाएको जिन्सदेखि ज्वेलरीसम्म सबै कपडाहरुको राम्रोसँग मूल्यांकन गर्छन् । एकपटक उनले कपडाहरुको विवरणहरु अनलाइनमा सार्वजनिक गरिएसँगै उक्त कपडाहरुको व्यापारमा नसोचेको वृद्धि हुन्छ ।

मेघनले लगाएका धेरैजसो कपडाहरु केही समयमा नै बिक्री हुन्छन् । सधैंजसो यस्तै प्रक्रिया चल्ने गर्छ, जसअनुसार कुनै कार्यक्रम वा समारोहमा उपस्थित भएको बेला मेघनले लगाएको कपडाहरु १२ घण्टाभित्र बिकिसकेको हुन्छ । जसको कारण बेलायतको फेसन उद्योगको व्यापारमा पनि टेवा पुग्ने अधिकारीहरुले बताउन थालिसकेका छन् । मेघनको यस किसिमको क्रेजको कारण फेसनको व्यापारमा उनी उनी निकै शक्तिशाली बनेको अधिकारीहरु बताउँछन् ।

मेघनको घरमा छ वर्षसम्म काम गरेका फेसन एक्सपर्ट मेघनका कपडाहरुमा यस किसिमको क्रेज देखिनुमा उनको शैली प्रमुख कारक रहेको बताउँछन् । उनकाअनुसार कुनै पनि कपडा लगाउँदा मेघन कहिल्यै पनि सो कपडा लगाउनका लागि अभ्यास गरिरहेको जस्तो नदेखिने भएको कारण पनि उनको शैलीको अनुशरण धेरैले गर्न खोज्छन् । पछिल्लो केही समयदेखि उनलाई पोशाकको विषयमा जानकारी दिइरहेका मानिसहरु पनि उनको कुनै पनि कपडालाई आकर्षक पाराले लगाउने बानीको कारण पनि उनले लगाएका कपडाहरुमा धेरैको आकर्षण बढेको बताउँछन् ।

अमेरिकी नायिकाले प्रिन्स ह्यारीसँगको केन्सिङटन प्यालेसमा लगाएको कोटको व्यापार ह्वात्तै बढेको थियो । यो कोटको लागि पाँच हजार अनुरोध आएको एक व्यवसायीले बताए । उक्त कोटको मूल्य पनि सात सय ५० पाउण्ड रहेको थियो । महँगो भएकोले धेरै बिक्री नहुने भए पनि मेघनले लगाएको कारण यसको व्यापार उल्लेख्य भएको हो । कुनै पनि ब्राण्डको फेसनहरुलाई मेघनले प्रयोग गर्नु यो उनीहरुको लागि खुसीको कुरा हुन थालेको छ । मेघनले आफ्नो डिजाइन लगाएदेखि आफ्नो माग चुलिएको र आफूलाई भ्याइनभ्याइ भएको उनका डिजाइनरहरु बताउँछन् ।

पछिल्लो समय उक्त कपडाहरुको माग सिँगापुर, अष्ट्रेलिया, भारतलगायतका मुलुकहरुबाट समेत उल्लेख्य मात्रामा आउन थालेको व्यवासायीहरुको भनाइ छ । मेघनले लगाएको डिजाइनको व्यापारमा निश्चितरुपमा वृद्धि हुने व्यवसायीहरुको विश्वास छ । उनले लगाएको कपडाको माग यति धेरै हुने गरेको छ कि एउटा अनलाइन व्यापार गर्ने कम्पनीको डिजाइन मेघनले लगाउँदा उक्त साइट नै क्र्यास भएको थियो । मेघनलाई बेरिने कोट राम्रो लाग्ने गरेको र त्यस्ता कोटहरु उनले धेरै लगाउने गरेकोले अहिले त्यस किसिमका कोटहरुको व्यापार उल्लेख्य रहेको व्यवसायीहरुले बताएका छन् । (डेलीमेलबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ