arrow

मेट गाला २०१८ : सेलिब्रेटीहरुको बेजोड फेसन प्रस्तुति

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
priyanka.JPG

न्युयोर्क। सबैभन्दा महँगो टिकटको सम्मेलनको रुपमा चिनिने मेट गाला २०१८ मा विश्वभरका सेलिब्रेटीहरुले बेजोड प्रस्तुती दिएका छन् । सोमबार उनीहरुले आकर्षक फेसनहरुको प्रस्तुती दिएका हुन् ।

यो सम्मेलनमा विश्वभरका प्रमुख फेसन डिजाइनरहरु् पनि उपस्थित भएका थिए । प्रत्येक वर्ष न्युयोर्कको सामाजिक संस्कृतिको विस्तार गर्ने उद्देश्यका साथ यस किसिमको प्रस्तुतीको आयोजना गरिन्छ । न्युयोर्कको क्याथोलिक संस्कृति तथा अन्य केही महत्वपूर्ण प्रस्तुतीहरुले यो सम्मेलनको शोभा बढाएको थियो ।

सोमबार साँझ आयोजना गरिएको यो कार्यक्रममा विश्वभरका सेलिब्रेटीहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए । जसमा विभिन्न फेसनहरुको पनि प्रदर्शन गरिएको थियो । आयोजकले फेसन र धर्मको गहिरो सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ बनाउन बेलाबेलामा यस किसिमको कार्यक्रम भइरहनु आवश्यक रहेको बताएको छ ।

यस किसिमको कार्यक्रमले आपसी सम्बन्ध पनि बलियो बनाउने आयोजकले बताएको छ । यसले फेसनको इतिहासमा नै नयाँ आविष्कार तथा सिर्जनशीलतालाई जन्म दिने अपेक्षा गरिएको छ । यो सो मा भारतीय नायिका प्रियंका चोपडा पनि सहभागी भएकी थिइन् ।

पछिल्लो समय हलिउडमा सफलता हासिल गरिरहेकी नायिकाले यस सोमबारको उक्त सो मा प्रियंका चोपडाले ‘ट्रेन्च कोट’ लगाएकी थिइन् । अघिल्लो वर्षको गाला सम्मेलनमा पनि उनले सोही कोट लगाएकी थिइन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ