arrow

सरकारलाई सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाब

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
repor.jpg

बुटवल । प्रदेश नम्बर ५ सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेट तयारी गरिरहेका बेला बिभिन्न क्षेत्रबाट सुझाब आउन थालेको छ । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने माननीयहरुले सरकारलाइ सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाएका छन् ।

पहिलो बजेट भएकाले जग नै बलियो बनाउनुपर्ने उनीहरुको राय छ ।प्रदेश सरकारलाइ करिब १५ अर्ब ४२ करोडको बजेट सिलिङ केन्द्रले दिएको छ । त्यस्मा प्रदेशको राजश्व संकलनको दायरा अनुमान गरेर करिब करिब २० अर्बको बजेट सरकारले ल्याउने प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

‘योजनाको पहिलो बर्ष भएकाले आगामी बजेट अनुमान गरेर बन्नेछ,प्रदेश सरकार,स्थानीय सरकार,नीजि क्षेत्र,सहकारी सबैको सामुहिक रुपमा अघि बढ्नुपर्नेछ।’ बिगतका तथ्यांक नहुदा अनुमानका भरमा बन्ने हो ,सबैकुरा जेठ १५ सम्म क्लियर हुने उनको भनाइ छ । उनले कार्यान्वयन सबैभन्दा चुनौती भएको भन्दै सरकार , कार्यान्वयन गर्ने निकाय बन्न अझै बांकी रहेको धारणा राख्छन् ।

उनले सडक संजाललाइ उत्पादनसंग जोड्नुपर्ने बताए  । सरकारले इन्सेन्टीभ दिने र नीजि क्षेत्रले पनि सक्रिय रुपमा काम गरोस् ,भन्ने चाहना सरकारको भएको उनले बताए । प्रदेश सरकारले जेठ अन्तिम हप्ता नीति तथा कार्यक्रम र असार १ गते वजेट ल्याउने जनाएको हो ।

अर्थशास्त्री तथा प्राडा बाबुराम ज्ञवालीले  आर्थिक समृद्धिको पहिलो सर्त बिगत हेरेरै गर्नुपर्ने बताए ।  उनले कृषिक्षेत्र,यातायात,शिक्षा, उर्जा,ग्रामिण बिकास,कुटीर उद्योग,पानी घट्टा ठूला बजारसंग जोड्नुपर्ने अहिलेको आबश्यकता भएको बताउछन् ।

सरकारले लङ रन बिजनेश पनि चलाउन मदत गर्नुपर्ने भन्दै उनले हााउसिङ बिजनेशलाइ प्राथमिकतामा राख्न सुझाब दिए  ।

‘प्रदेश ५ मा धागो,चिनी,सलाइ कारखाना असफल भए ,सिमेन्ट उद्योग फस्टाएका छन् ,यीनीहरुको बिकासमा ध्यान दिऔं ,बिप्रेषणलाइ सोहि क्षेत्रमा प्रयोग गरौं ।’उनले भने । मध्यमस्तरीय लगानी जरुरी रहेको भन्दै ज्ञवालीले यस्तो नीति बनाउन सरकारलाइ सुझाब पेश गरे । सरकार राजश्व मात्र उठाउने भन्दा पनि प्रोत्साहनको नीतिमा पनि अघि बढ्नुपर्ने उनको तर्क छ ।

एमालेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशको नामाकण अबिलम्ब गरी  नामैले पनि बिकासको छनक दिने बताउछन् । समृद्ध प्रदेश,सुखी जनता आफुहरुको एजेन्डा भएको बताउदै उनले भने—‘राजनीति स्थिरता छ ,अब काम गरौं ,बहानबाजी,अराजकता गर्नेलाइ सचेतनापूर्वक ठेगान लगाऔं’ ।श्रेष्ठले कृषिमा आधारित ब्यबसायीकता जरुरी रहेको भन्दै युवाहरुलाइ कृषि,रोजगारप्रतिको मोह जगाउने नीति बनाउनुपर्ने बताए ।


बिकास प्रणाली फरक बनाउदै लैजानुपर्ने भन्दै उनले जनतालाई सहुलियत र हरेक कुराको पहुच पुर्याएर गरिबी निबारण गर्नुपर्ने बताए । उनले बजेटको आकार सानो भएको भन्दै न्युनतम पनि १ खरब हुनुपर्ने धारणा राखे । श्रेष्ठ कृषिमा कर होइन, प्रोत्साहन गर्नुपर्ने बताउछन् ।

कांग्रेसका प्रदेश संसाद अष्टभुजा पाठकले सबैलाइ पक्षलाई नसमेटि प्रदेश समृद्धि असंभब रहेको धारणा राखे । पाठकले सरकारले कांग्रेसलाइ बहिस्कार गरेर अघि बढ्न खोजे परिणाम नराम्रो आउने चेताबनी दिए । बिकासमा सबैदल मिलेर जानुपर्ने बताए ।

माओबादी केन्द्रका सांसद तथा प्रमुख सचेतक दधिराम शर्मा माधबले कृषि र पर्यटन नै समृद्धिको आधार भएको बताए । उनले हिमाल,पहाड र तराइ जोड्न हिल स्टेशन निर्माण गर्ने र छरिएका बस्तीलाइ एकिकृत गर्नुपर्ने बताए ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले तीब्र गतिको आर्थिक बृद्धिदर जनताको चाहना भएको बताए । उनले थ्रिपी (पब्लिक प्राइभेट पार्टनरसिप) नै उत्तम  अबधारणा रहेको उल्लेख गरे  ।

‘प्रदेश ५ को मोतिपुरमा बन्न लागेको औद्योगिक क्षेत्रमा सरकारले रेलवे लाइन,ड्राइपोर्ट,बलकार पुग्नेगरी निती र बजेट बनाओस् ’उनले भने । प्रदेशमा शिक्षा,धार्मिक,स्वास्थ्य क्षेत्रमा पर्यटनसंभाबना बढि रहेको उनले बताए । उनले सरकारले प्रर्याप्त बजेट तथा नीती छलफलका आधारमा बनाउन सुझाब दिए ।

कांग्रेसका युवा नेता छन्दबहादुर पहराइले  सरकारले राजश्वका श्रोत पहिचान गरेर जानुपर्ने बताए । सरकारको  बजेट‘ हात्तिको मुखमा जिरा हुनेभो, आन्दानी भन्दा खर्च बढि भए घाटामा पुगिन्छ ,संभाबनाका ठोस कुरा केके हुन् खोजौ ।’ उनले आबश्यकताको सिद्धान्तका आधारमा अघि बढ्न  र कृषि, पर्यटन,हाइड्राको संभाबना सहित राजश्व चुहावट रोक्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले दलहरु बिगतका अभ्यासमा जान नहुने भन्दै बोल्ने मात्रै तर नगर्ने प्रबृति अन्त्य हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ