arrow

मोदीको भ्रमणमा घर घरमा फूलमालाको सजावटसहित पूजा कलश राख्न मुख्यमन्त्रीको आग्रह

भ्रमणलाई पर्वका रुपमा मनाउ

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
modi.jpeg

जनकपुरधाम ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्र्रदेशवासीलाई आग्रह गरेका छन् ।  भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।  

प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाद्वारा मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री मोदीलाई बाह्रविघामा गरिने नागरिक अभिनन्दन समारोहस्थलमा सर्वसाधारणलाई प्रवेश गर्न कुनै पासको आवश्यक नपर्ने जानकारी दिए ।  सर्वसाधारणलाई समारोहस्थलमा प्रवेशका लागि उत्तरतर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था गरिएको बताउँदै उनले समारोहस्थलमा १० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ भने ।

मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान गरिएको बताए ।  जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अभिनन्दन समारोहको युद्धस्तरमा तयारी भइरहेको जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ