arrow

मोदी, ओली र भट्टराईलाई लुईटेल स्कूलको खुला पत्र

logo
प्रकाश न्यौपाने,
प्रकाशित २०७५ वैशाख २६ बुधबार
leutel-school.jpg

काठमाडौं ।  भुकम्पको चार वर्ष, भारतीय सरकारले बनाउछु भनेका विद्यालय किन अलपत्र प्रधानमन्त्री मोदी ज्यू ?

बुढो गोरु सँग बगर गोरु डराउछ भन्दैमा गाईलाई सधैं थारो राख्न सकिन्छ र प्रधानमन्त्री मोदी ज्यू ?

होटल द्धारिकाजमा हुने दुई प्रधानमन्त्रीहरुको वान टु वान वार्तामा भारत सरकारले बनाउछु भनेका विद्यालयहरु चार वर्ष लाग्दापनि किन बनेनन् भनेर मोदी ज्यू लाई प्रश्न गर्न सक्नु हुन्छ ओली ज्यू ?

होटल द्धारिकाजमा मोदी सँग भेट्दा मैले पढेको विद्यालय किन बन्न सकेन भनेर भूतपूर्व प्र.म.को हैसियतले मोदीजी लाई प्रश्न गर्न सक्नुहुन्छ डा. भट्टराई ज्यू ?

भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुई दिने नेपालको राजकिय भ्रमणमा फेरी पनि आश्वासनका पोका वाँड्नु हुने छ भने हामी नेपाली त्याही आश्वासनका पोका हेर्दै मख्ख बन्ने छौ । आहारा खाने चरी आसिसको भरमा कति बाँच्ला मोदी जी ? मोदी जी ले दिएका धेरै आश्वासनका पोकाका बारेमा म लेख्न गइरहेको छैन । त्यो लेखे भने त महाकवी देवकोटाको महाकाव्य बन्नेछ । महाकाव्य लेख्ने मेरो हैसियत छैन । म एउटा मात्र उदाहरण दिन चाहान्छु ।

भुकम्पले नेपाल थलिएको बेला भारतीय सरकारले नेपालका १००  वटा विद्यालयहरु पुननिर्माणगर्ने सम्झौता भयो । त्यस मध्ये धेरै जसो विद्यालयहरु उ आफैले छान्यो । उसले पुनर्निर्माणको लागि एक नम्वरमा छानेको विद्यालय हो अमर ज्योति जनता मा.वि. लुईटेल । नेपालको एउटा चर्चित लुईटेल स्कूल अलपत्रमा परेको छ । पालुङटारका जनताले उखान बनाएका छन् “ भुकम्प गएको चार वर्ष भारती सरकारले बनाउछु भनेको लुईटेल स्कूल अलपत्र ” ।

सबैलाई थाहा छ यस विद्यालयबाट विद्यार्थीहरु एस.एल.सी.मा बोर्ड फस्ट हुन्थे, वोर्डमा पर्थे । अहिलेपनि विद्यालयको गुणस्थर नराम्रो छैन । यही विद्यालयका विद्यार्थी देशका प्रधानमन्त्री भए ,मन्त्री भए । देशको समग्र योजना बनाउने योजना आयोगका उपाध्यक्ष भए, सदश्य भए । विश्वमा ख्याती प्राप्त डाक्टर , ईन्जिनियर र अफिसर भए । अहिले, वर्तमानमा पनि यसै स्कूलका पूर्व विद्यार्थीहरु मेयर छन् , प्रदेशका सांसद छन् , संघिय संसदका सांसद छन् , राष्ट्रिय सभाका सांसद पनि छन् । तर विद्यालय उस्तै छ । धेरै विराला भएर मुसो नमरेको होकि, भारतीय सरकारको ध्यान आकर्षण गर्न नसकेर हो विद्यालय पुननिर्माण हुन सकेको छैन ।

भुकम्प पहिला पनि छात्रावास र शिक्षक आवास सहित ४२ वटा कक्षाकोठा रहेको यो आवासिय विद्यालय भुकम्प पछि पुरै ध्वास्त छ । टिएलसी मा विद्यार्थीहरुले पढेको चार वर्ष भैसक्यो अव टिएलसी को आयु पनि सकियो । अब यि विद्यार्थीहरुलाई कहाँ लैजाने ?कसरी पढाउने ? हुलाक जस्तो सरकारी कार्यलय भएको भए कसैको घरको एउटा कोठा लिएर चल्थ्यो । लगभग ७०० विद्यार्थी एउटा कोठामा अटाउदैनन् होला ..............

भारतीय प्रधानमन्त्री ज्यू तपाई नेपाल भ्रमणमा आउदा, तपाईको सरकारको आश्वासन पाएर पनि भताभुङग भएको यो सरस्वतीको मन्दिरमा आउन तपाइलाइ फुर्सद हुदैन । किनकि तपाईले अरु धेरै मन्दिरहरु घुम्नु छ । भारतीय दुतावासका रातदुत र अधिकृतहरुले करीब आधा दर्जन पटक यो विद्यालय निरीक्षण गरीसकेका छन् । एक पटक उनीहरुलाई सोधी दिनु भयो भने हामीलाई जस्तै एक डेड महिनामा काम सुरु हुन्छ भन्ने नेपालमा रहेको भारीय दुतावासको थेगो तपाईले नि सुन्न पाउनुहुन्थ्यो । मैले पत्रिमा पढेको छु भारतीय प्रधानमन्त्री ज्यू ले नेपालका भुतपूर्व प्रधानमन्त्रि  ज्यूहरुलाई पनि भेट्ने कार्यक्रम छ अरे । अरु १०० विद्यालय त बनेनन् तर भु.पू. प्रधानमन्त्री आफै पढेको स्कूल किन बनेन ? यस विद्यालयका भूतपूर्व विद्यार्थीले भु.पु. प्रधानमन्त्रीको हैसियतले यो प्रश्न गर्न सक्नुहुन्छ ?

म नेपाली उखान जस्ताको तस्तै लेख्दिन तर यसको आशय मार्फत एउटा प्रश्न गर्न चाहन्छु “बुढो गोरु सँग बहर गोरु डराउछ भन्दैमा गाईलाई सधैं थारो राख्न मिल्छ कि मिल्दैन ?” नेपाल सरकारले यातयातमा रहेको सिण्डिकेट त हटायो तर भारतीय सरकारले विद्यालय पुननिर्माणमा लगाएको सिण्डिकेट हटाउन सक्ने हिम्मत गर्न सक्छ ? जाईका लगायत अन्य दात्री राष्ट्रले बनाउने भनेका विद्यालयहरु निर्माण सम्पन्न भएर उद्घाटन समेत भई सके तर भारत सरकारले बनाउने भनेका विद्यालयहरुको कामै सुरु भएको छैन । भारत सरकारले बनाउने भनेका विद्यालय बनाउने कि नबनाउने ?  थ्भक कि ल्य को जवाफ चाहियो । एक डेड महिनाको थेगो हैन ।

मोदी जी दुई दिन नेपाल बस्दा दुई मिनेट भारत सरकारले बनाउने भनेका १०० वटा विद्यालय त्यसमा पनि एक नं.मा आफैले छानेको लुईटेल स्कूलको अवस्थाको बारेमा जानकारी लिन सक्नु हुन्छ त ? प्रधानमन्त्री ओली र मोदी जीको वान टु वान वार्तामा १०० वटा विद्यालय किन बनाउनु भएन भनेर ओली ज्यू ले प्रश्न गर्न सक्नु हुन्छ ? द्धारिकाज होटलमा मोदी सँग नेपालका पूर्व प्रधानमन्त्रीले भेट वार्ता गर्दा तपाईले बनाउने भनेको मैले नै पढेको विद्यालय किन चार वर्ष सम्म पुननिर्माणको काम सुरु हुन सकेन भनेर पुर्व प्रधानमन्त्री ज्यूले भन्न सक्नु हुन्छ ? यदी भन्न सक्नु भएन भने मोदी को भ्रमण कागलाई वेल पाकेको जस्तो न हर्स न विस्माद नेपाली जनताका लागि ।

अन्त्यमा मोदी जी अति भए पछि खती हुन्छ , नपत्याउने खोलाले पनि बगाउछ वा बगर बाछोले पनि एक दिन होक्रा गर्दै सिगौरी खेल्दै बुढो गोरुलाई ढ्याक हान्न जान सक्छ वा तपाईका आश्वासनका पोकाको विरुद्ध नेपालमा पनि अन्नाहजारे जन्मन सक्छ । बेलैमा चेतना भया ।                               

(लेखक  वि.वि.स.लुईटेल अध्यक्ष हुन् )

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ