arrow

पाँचथर नेपाली काँग्रेसको दुवै क्षेत्रको निर्वाचन प्रक्रिया शनिवार

क–कसको उम्मेदद्दवारी केमा ?

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ माघ २३ शनिबार
13th-congress.png.png.png.png
पाँचथर। नेपाली काग्रेस पाँचथर क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ को आज बाट चुनावी प्रक्रिया शुरु हुने भएको छ। शुक्रबार बाट शुरु भएको अविधेशनमा आज विहान ११ वजे बाट चुनावी प्रक्रिया शुरु हुने निर्वाचन मण्डलले जानकारी दिएको छ। क्षेत्र नम्बर १ को अधिवेशन सदरमुकाम फिदिम स्थित जिविस हल र क्षेत्र नम्बर २ को यासोक वजारमा भएको हो। क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा नेपाली काँग्रेस आदिवासी जनजाति विभागका केन्द्रिय सदस्य बम लावती र महाधिवेशन प्रतिनिधी डेकेन्द्र तामाङको उम्मेद्दवारी परेको छ। सचिवमा गोविन्द कुरुम्बाङ निरविरोध चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा धनसिंह नेम्बाङ पनि सर्वसम्मत चयन हुनु भएको हो। समितीका अन्य ९ सदस्यहरु निरविरोध चयन भएका छन्। 
 
यस्तै महाधिवेशन प्रतिनिधीमा खुल्लातर्फ ६ जनाको कोटामा १३ जनाको उम्मेद्दवारी परेको छ। जसमा पूर्ण कुमार शेर्मा, सुरेन्द्र दाहाल, विरेन्द्र खड्का, विपेन्द्र गौतम,जयकुमार ढकाल, गोपाल पोख्रेल, धनराज तुम्वापो, धर्मेन्द्र विक्रम नेम्बाङ, दान बहादुर अधिकारी, राजेन्द्र रिजाल, डिकेन्द्र चेम्जोङ, नारादमणि चेम्जोङ, खड्गसुन्दर लावती रहेका छन्। यस्तै एउटा  दलित कोटामा विमल धमला र टंक परियारको उम्मेदवारी परेको छ।
 
यसैगरी आदिवासी जनजातितर्फ एउटा कोटामा ५ जनाको उम्मेदवारी परेको छ। जसमा रामराज आङदेम्बे, पूर्ण कुमार तुम्वापो, सन बहादुर आङदेम्बे, चन्द्र आङदेम्बे, हरि विजय राई रहेका छन्। यस्तै महिला कोटामा २ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको छ। जसमा देशु सुहाङ, जनिमाँया थापा मगर, देवित्रा आङदेम्बे रहेका छन्। यस्तै पिछडा वर्ग तर्फ जगदिश शाह निरविरोध महाधिवेशन प्रतिनिधी छनोट भइसक्नुभएको छ।
 
यस्तै क्षेत्र नम्बर १ तर्फ क्षेत्रिय सभापतिका लागि समर बहादुर अधिकारी र दुर्गा प्रसाद ओझाले उम्मेद्वारी दिएका छन्। यस्तै सचिवमा भगिश्वर योङहाङ र पूर्णकुमार आङदेम्वेले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा रमेश तिम्सिना,तथा ९ जना सदस्यमा १२ जनाको उम्मेदवारी परेको छ। यसैगरी खुल्लातर्फको महाधिवेशन प्रतिनिधीमा १४ जनाको उम्मेद्दवारी परेको छ। जसमा रुपनारायण जवेगु,चिदानन्द खतिवडा,सुरेन्द्रकुमार तिम्सिना,जयप्रकाश रिजाल,नितीराज रेग्मी,इन्द्रप्रसाद गुरुङ,विश्वराज योङया,नरेन्द्रकुमार राई,दिपकप्रकाश वास्कोटा,नरेन्द्रकुमार केरुङ,ओनाहाङ नेम्बाङग,टेकबहादुर काम्बाङ टेकेन्द्र,मित्रप्रसाद काफले र अम्बिका प्रसाद न्यौपाने रहेका छन्। 
 
यस्तै एउटा आदिवासी जनजाति कोटामा राजु श्रेष्ठ,विजुली विक्रम नेम्बाङ र मानप्रकाश खेबाङको उम्मेद्दवारी परेको छ। यस्तै २ जनाको महिला कोटा तर्फ ५ जनाको उम्मेद्दवारी परेको छ। जसमा कृष्ण कुमारी खतिवडा, सरस्वती पराजुली,सीता गुरुङ,मधु जवेगु, र चन्द्रकला केरुङ रहेका छन्। दलिततर्फ १ जनाको कोटामा लक्ष्मी प्रसाद विश्वकर्मा र पूर्ण बहादुर नेपालीको उम्मेद्दवारी परेको छ। यस्तै पिछडा वर्ग तर्फ शम्भु ठाकुर निर्विरोध महाधिवेशन प्रतिनिधी वनेका छन्। 



नयाँ